चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा ५३ वन्यजन्तु मरे


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

नवलपुर– चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो १० महिनामा एकसिङ्गे गैँडासहित ५३ वन्यजन्तु मरेका छन् ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले चालु आर्थिक वर्षको हालसम्म गैँडा, बाघ, हात्तीलगायतका दुर्लभसहित ५३ वन्यजन्तु मरेको जानकारी दिए। 

उनका अनुसार यस अवधिमा सबैभन्दा बढी २० चित्तल मरेका छन् । त्यसैगरी पछिल्लो १० महिनाको अवधिमा १९ एकसिङ्गे गैँडा मरेका जनाउँदै तिवारीले प्राकृतिक कारणले १५, चोरीसिकारीबाट दुई, सम्भावित चोरीसिकारीबाट एक तथा अन्य कारणले एउटा गैँडाको मरेको जानकारी दिए। 

त्यस्तै यस अवधिमा पाँच हात्ती, तीन पाटेबाघ, तीन जरायो, तीन रतुवा, दुई गोही, एउटा बँदेल र एउटा अन्य वन्यजन्तु मरेको तिवारीको भनाइ छ ।  निकुञ्जले यस वर्ष विभिन्न स्थानबाट एक सय ६३ वन्यजन्तुको उद्धार गरेको सूचना अधिकारी तिवारीले बताए ।

निकुञ्जले उद्धार गरेका वन्यजन्तुमध्ये सबैभन्दा बढी ६४ अजिङ्गर, ५१ सर्प, छ पाटेबाघ, तीन एकसिङ्गे गैँडासहितका जनावर रहेको तिवारीले जानकारी दिए। 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ५ : ३२ बजे

निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति

बागलुङ– बाढीपहिरोबाट जिल्लाको निसीखोला गाउँपालिकामा झण्डै १० करोडको क्षति पुगेको

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न मन्त्रालयद्वारा समिति गठन

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

वर्षापछि सिरहा सदरमुकाम डुबानमा, सवारी आवागमनमा समस्या (तस्बिरहरू) 

सिरहा- वर्षापछि सिरहा सदरमुकामका मुख्य सडकमा पानी जम्दा जनजीवन प्रभावित

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको सङ्ख्या नौ पुग्यो

मेक्सिको सिटी– मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको

कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य

विराटनगर- कोशी प्रदेशसभाको चालु नवौँ अधिवेशन आज राति १२ बजेदेखि