कुमारी बैंकको २३औँ वार्षिकोत्सव सम्पन्न  « Khabarhub

कुमारी बैंकको २३औँ वार्षिकोत्सव सम्पन्न 


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरी  २३औँ वार्षिकोत्सव मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

कुमारी बैंकले २३ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए ।

यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै, बैंकले कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढवा दिएको विज्ञप्तिमा उल्लेख छ ।

यस पहल मार्फत, बैंकले ‘सबैका लागि सधैँका लागि’ भन्ने मूल उद्देश्य भित्र रही आन्तरिक आबद्धताको भावनालाई बढवा दिन, कर्पोरेट संस्कृति र सामुदायिक कार्यलाई निरन्तरता दिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : २५ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४