राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद « Khabarhub

राजेश पायलको डिभोर्स : श्रीमतीलाई नक्सालको घर र ५० लाख नगद

छोरालाई मासिक १५ हजार माना चामल


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग सम्बन्धविच्छेद गरेका छन् । काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते उनीहरुबीच सम्बन्धविच्छेद भएको फैसला सुनाएको हो ।

राजेश र साङबुङका डेढ वर्षका छोरा छन् । फैसला अनुसार छोरा १८ वर्ष नपुगेसम्म मासिक १५ हजार रुपैयाँ राजेशले माना चामल वापत बुझाउनु पर्नेछ । छोरा शिशु अवस्थामै रहेका कारण आमासँगै रहनेछन् ।

अंश वापत राजेशले ५० लाख नगद साङबुङलाई दिनुपर्ने छ । राजेशका नाममा रहेको काठमाडौंमा १ आना १ पैसा ३ दाममा बनेको घर साङबुङ र छोराको संयुक्त नाममा रहने फैसला भएको अदालतका प्रवक्ता चन्द्रप्रसाद पन्थीले खबरहबलाई जानकारी दिए । गायनबाट आर्जन गरेको रकमले उनले बनाएको घर राम्रोसँग फिनिसिङ समेत भइसकेको छैन ।

प्रवक्ता पन्थीका अनुसार गत साउन २१ राजेशले सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेका थिए ।

प्रेम सम्बन्धमै रहेका बेला राजेश र साङबुङले सन्तानको जन्म दिएका हुन् । त्यसपछि भने उनीहरुले विवाह दर्ता गरेका थिए । उनीहरुबीचको उमेर अन्तर २६ वर्षको छ ।

राजेशले विवाहका बारेमा कहिल्यै पनि खुलेर कुरा गरेनन् । राजेश निकट स्रोतका अनुसार उमेर अन्तरका कारण यो जोडीको सम्बन्ध समधुर बन्न सकेन । सुत्केरी अवस्थामा पनि श्रीमानबाट राम्रो साथ नपाएको भन्दै साङबुङले सामाजिक सन्जालबाटै विभिन्न आरोप लगाउँदै आएकी थिइन् ।

यसैवीच बुधबार राति राजेश पायल मादक पदार्थ खाएर होहल्ला गरेको आरोपमा पक्राउसमेत समेत परेका थिए । समूहमा पक्राउ परेका उनलाई बानेश्वर प्रहरीले अबदेखि त्यस्तो व्यवहार नगर्ने शर्तमा सम्झाएर रिहा गरेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ६ : ५५ बजे

द्रौपदीलाई बार डान्सरको रूपमा देखाएपछि विवादमा ‘पाँच पाण्डव’

काठमाडौं– महाभारतका पाँच पाण्डव र द्रौपदीको नामलाई आधुनिक नेपाली समाजसँग

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न