नि:शुल्क आँखा शिविरबाट पाँच सय ३४ जना लाभान्वित « Khabarhub

नि:शुल्क आँखा शिविरबाट पाँच सय ३४ जना लाभान्वित


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


477
Shares
  • change font
  • change font
  • change font

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिकाले सुरु गरेको नि:शुल्क आँखा शिविर बिहीबारसम्म पाँच सय ३४ जनाको आँखा परीक्षण गरिएको छ ।

तिलगंगा आँखा प्रतिष्ठान गौशाला र सामुदायिक आँखा केन्द्र जिरीको संयुक्त आयोजना तथा बैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन भइरहेको निःशुल्क आँखा रोग तथा मोतियाविन्दु छनौट शिविरमा बिहीबारसम्म ५ वटा वडाका ५३४ जनाको आँखा परीक्षण गरिएको बैतेश्वर गाउँपालिका स्वास्थ्य अधिकृत बाबुलाल लामाले बताए ।

हालसम्म ५ वटा वडाका पाँच सय ३४ जनाको आँखा परीक्षण गर्दा ३४ जना मोतियाबिन्दुका बिरामी फेला परेको लामाले जानकारी दिए ।  मोतियाबिन्दुका बिरामीहरूलाई २७ र २८ गते तिलगंगा आँखा प्रतिष्ठानका नेत्र विशेषज्ञद्धारा जिरी सामुदायिक आँखा केन्द्र, जिरीमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया गरिने  छ।

बैतेश्वर गाउँपालिका सबै वडाका स्वास्थ्य चौकीहरूमा चैत २५ गतेसम्म शिविर सञ्चालन हुने छ। अब वडा नम्बर-१, २ र ५ मा शिविर सञ्चालन हुन बाँकी रहेको छ।

सुबास बस्नेत

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ६ : ३९ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी