मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने « Khabarhub

मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक ब्रिफिङ प्रधानमन्त्रीलाई गर्नुपर्ने


२२ चैत्र २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रीहरूले अब आफूले गरेको कामको दैनिक रूपमा ब्रिफिङ प्रधानमन्त्री समक्ष गर्नुपर्ने भएको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रूपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको यस निर्णय बारेमा जानकारी दिएका हुन् । 

उनले भने, ‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बबाट गराएको पनि छु । सबै मन्त्रीहरूले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने । त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरूलाई र सबै कर्मचारीहरूलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दै छौँ ।’

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ७ : ५० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको