कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी « Khabarhub

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको छ । प्रशिक्षणको  कांग्रेस केन्द्रीय उपसभापति एवं प्रशिक्षण विभाग प्रमुख पूर्णबहादुर खड्काले शुक्रबार उद्घाटन गरे ।

उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले पछिल्लो राजनीति घटनाक्रम र भरखरै सम्पन्न उपनिर्वाचनको नतिजा हेर्दा कांग्रेस अब पुरानो शैलीमा चलेर नहुने बताए ।

कांग्रेसले तीनवटै तहको निर्वाचनमा सफलता हासिल गर्दै पहिलो पार्टी बने पनि पार्टी र जनप्रतिनिधिबीच सहकार्य हुन नसकेको बताए।

कांग्रेसले सयौँ राम्रा काम  गरेपनि सहिरूपमा प्रचार हुन् नसकेको उनको भनाइ थियो । उनले सधैँ कांग्रेसमा आन्तरिक विवाद हुँदा कार्यकर्ता निराश बन्दै गएको उल्लेख गर्दै अब नवीनतम योजना सहित धारिलो बन्नुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका सभापति इन्द्र बानियाँले कांग्रेस जनताको पार्टी भए पनि कांग्रेसले तल्लोतहको संगठन र मतदातालाई  सही सन्देश दिन नसकेको बताए।

कांग्रेस केन्द्रीय सदस्य जिपछिरीङ लामाले ब्यवस्था परिवर्तन गर्न काङ्ग्रेसको महत्वपूर्ण रहेको रहेको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था भने उस्तै रहेको बताए।

बागमती प्रदेशका १३ जिल्लाका कांग्रेस नेता तथा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू गरी ४ सय भन्दा बढीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रम आज साँझ सम्म चल्ने छ ।

 

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ०६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल