११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित) | Khabarhub Khabarhub

११ मन्त्रीको सम्पत्ति गुपचुप (सूचीसहित)

पारदर्शिताको कुरा गर्ने प्रचण्ड र रविले सार्वजनिक गरेनन् सम्पत्ति


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुशासनको कुरा गरेर नथाक्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति कति होला ? गठबन्धन फेरेर प्रधानमन्त्री बनेका प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छ्र्रैनन्, जसले गर्दा उनको सम्पत्ति कति छ, जनतालाई थाहा हुने कुरै भएन ।

विगतमा प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन थियो । तर, प्रचण्ड सरकारका २३ मध्ये कोही पनि मन्त्रीले आफ्नो सम्पत्ति विवरण जनता समक्ष सार्वजनिक गरेका छैनन् । अरुलाई के भन्नु ? स्वयं प्रधानमन्त्री दाहालले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।

यतिसम्म कि आफूलाई नयाँ शक्ति बताउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । अघिल्लोचोटि गृहमन्त्री हुँदा पनि लामिछाने आफ्नो सम्पत्ति विवरण जनतालाई नदेखाई बाहिरिएका थिए । यसपालि पनि उनले सम्पत्ति सार्वजनिक गरेका छैनन् ।

नयाँ भनिएको रास्वपाका कुनै पनि मन्त्रीले पनि आफ्नो सम्पत्ति जनतालाई देखाउने हिम्मत गरेका छैनन् । रास्वपाका मन्त्रीहरुमध्ये शिक्षा मन्त्रालयको जिम्मेवारी लिएर सुमना श्रेष्ठले त मन्त्री बनेपछि सरकारलाई सम्पत्ति विवरण नै बुझाएकी छैनन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेबसाइट हेर्दा प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री लामिछानेसहित १२ जनाले आ-आफ्नो सम्पत्ति विवरण पेश गरेको देखिन्छ । तर, त्यो विवरण सार्वजनिक भने गरिएको छैन ।

प्रचण्ड नेतृत्वको सरकार बनेको आज ६० दिन पूरा भएको छ । कांग्रेससँगको गठबन्धन तोडेर प्रचण्डले फागुन २३ गते नयाँ सरकार बनाएका हुन् ।

कानूनतः मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । तर, २३ सदस्यीय प्रचण्ड सरकारका ११ मन्त्रीले बैशाख २२ गते शनिबारसम्म आफ्नो सम्पत्ति विवरण नबुझाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

शिक्षामन्त्री सुमना श्रेष्ठले जस्तै कानूनमन्त्री एवं एमाले नेता पदम गिरी पनि सम्पत्ति विवरण नबुझाउने सूचीमा छन् ।

त्यस्तै परराष्ट्रमन्त्री एवं माओवादी नेता नारायणकाजी श्रेष्ठले पनि सम्पत्ति विवरण बुझाएका छैनन् ।

ठेकदारसँग स्वार्थ जोडिएका मन्त्रीका रुपमा परिचित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले समेत सम्पत्ति विवरण बुझाएका छैनन् ।

आफ्नै मन्त्रिपरिषदका ११ मन्त्रीको सम्पत्ति गुपचुप रहँदा प्रधानमन्त्री प्रचण्डको सुशासनको नारा कति फितलो बनेको छ भन्ने स्पष्ट हुन्छ ।

सम्पत्ति विवरण नबुझाउने मन्त्रीहरु–

१. रघुवीर महासेठ– भौतिक पूर्वाधार तथा यातायात (एमाले)
२. नारायणकाजी श्रेष्ठ– परराष्ट्र (माओवादी)
३. उपेन्द्र यादव– स्वास्थ्य तथा जनसंख्या (जसपा)
४. वर्षमान पुन– अर्थ (माओवादी)
५. सुमना श्रेष्ठ – शिक्षा, विज्ञान तथा प्रविधि (रास्वपा)
६. पदम गिरी– कानून न्याय तथा संसदीय मामिला (एमाले)
७. भगवती चौधरी– महिला बालबालिका तथा ज्येष्ठ नागरिक (एमाले)
८. हितबहादुर तामाङ– संस्कृति वर्यटन तथा नागरिक उड्डयन(माओवादी)
९. हरिप्रसाद उप्रेती– रक्षा (एमाले)
१० नवलकिशोर साह सुडी– वन तथा वातावरण (जसपा)
११. दीपक कार्की– वन तथा वातावरण राज्यमन्त्री (जसपा)

सम्पत्ति विवरण बुझाउने तर सार्वजनिक नगर्नेहरु

१. पुष्पकमल दाहाल प्रचण्ड– प्रधानमन्त्री (माओवादी)
२. रवि लामिछाने– गृह (रास्वपा)
३. शक्तिबहादुर बस्नेत– उर्जा, जलस्रोत तथा सिँचाइ (माओवादी)
४. भानुभक्त जोशी– संघीय मामिला तथा सामान्य प्रशासन (एकीकृत समाजवादी)
५. रेखा शर्मा– सञ्चार तथा सूचना प्रविधि (माओवादी)
६. ज्वालाकुमारी साह– कृषि तथा पशु संक्षी विकास (एमाले)
७. बलराम अधिकारी– भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण (एमाले)
८. दामोदर भण्डारी– उद्योग, वाणिज्य तथा आपूर्ति (एमाले)
९. राजेन्द्रकुमार राई– खानेपानी (एमाले)
१०. धनबहादुर बुढा– शहरी विकास (एकीकृत समाजवादी)
११. डोलप्रसाद अर्याल– श्रम रोजगार तथा समाजिक विकास (रास्वपा)
१२. विराजभक्त श्रेष्ठ– युवा तथा खेलकूद (रास्वपा)

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ८ : २९ बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर