सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग  « Khabarhub

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ । 

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने सन्दर्भमा दोस्रो पटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको प्रदेश प्रमुखको सचिवालयले बताएको छ । 

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले एमालेले असहयोग गरेको बुझिएको छ । 

शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौँ आइपुगेका छन् । 

सोडारीलाई पहिलोबाट नै एमालेले असहयोग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सिट,  माओवादी ११ सिट, एमाले ९, नागरिक उन्मुक्ति पार्टी ७ सिट, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ सिट छ । 

सत्ता गठबन्धनबाट माओवादी, एमाले, एकीकृत समाजवादी र नाउपाले सोडारीलाई सहयोग गरेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । यदि एमालेले सहयोग नगरे सोडारीले विश्वासको मत पाउने छैनन् ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : ०३ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच