सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग  | Khabarhub Khabarhub

सुदूरपश्चिममा सोडारीलाई विश्वासको मत दिन एमालेको असहयोग 


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको बैठक स्थगित भएको छ । 

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले विश्वासको मत लिने सन्दर्भमा दोस्रो पटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको प्रदेश प्रमुखको सचिवालयले बताएको छ । 

प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै शनिबार साँझ साढे ५ बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अनिश्चितकाललाई स्थगित गरेको हो ।

सत्तारूढ नेकपा एमालेले मुख्यमन्त्री सोडारीले सल्लाह बिना विश्वासको मत लिन हतार गरेकाले एमालेले असहयोग गरेको बुझिएको छ । 

शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शीर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौँ आइपुगेका छन् । 

सोडारीलाई पहिलोबाट नै एमालेले असहयोग गर्दै आएको छ । सुदूरपश्चिम प्रदेशमा कांग्रेस १९ सिट,  माओवादी ११ सिट, एमाले ९, नागरिक उन्मुक्ति पार्टी ७ सिट, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टी १, स्वतन्त्र १ सिट छ । 

सत्ता गठबन्धनबाट माओवादी, एमाले, एकीकृत समाजवादी र नाउपाले सोडारीलाई सहयोग गरेका छन् । नयाँ सरकार बनाउन २७ जनाको समर्थन आवश्यक हुन्छ । यदि एमालेले सहयोग नगरे सोडारीले विश्वासको मत पाउने छैनन् ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ४ : ०३ बजे

कोरियाबाट फर्केर माछापालन

बागलुङ– बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो

कैलालीमा गहुँ उत्पादन वृद्धि

कैलाली– कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान

सञ्चार नीतिबारे छलफल गर्न झापामा मिडिया सम्मेलन सुरु

झापा– नेपाल पत्रकार महासङ्घ झापा शाखाको आयोजनामा कनकाई नगरपालिकाको सुरुङ्गामा

कट्टेलचोक–आमाडाँडा सडक कालोपत्र

गोरखा– गोरखा नगरपालिकास्थित कट्टेलचोक–कट्टेलडाँडा हुँदै आमाडाँडा जोड्ने सडकखण्ड कालोपत्र गर्ने

मूर्तिकला व्यवसायबाट मनग्य आम्दानी

दाङ– कपिलवस्तु घर भएका पल्टुराम मगर अहिले मूर्तिकला व्यवसायमा छन्