दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो | Khabarhub Khabarhub

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ भने करिब ७० जना अझै हराइरहेको  बताइएको छ । 

एजेन्सीका अनुसार सबैभन्दा खराब जलवायु त्रासदीमध्ये एक रहेको भारी वर्षाले अहिलेसम्म पोर्टो एलेग्रेको राज्यको राजधानीसहित दुई सय ३५ नगरपालिकालाई असर गरेको छ ।

राज्यमा सोमबारदेखि लगातार वर्षा भइरहेको छ । वर्षाका कारण नदीहरूको सतह बढेको छ, पुलहरू ध्वस्त भएका छन् र १४ लाखभन्दा बढी जनसङ्ख्या भएको पोर्टो एलेग्रे शहरलाई सतर्क अवस्थामा राखिएको छ ।

भारी वर्षाले छिमेकी राज्य सान्टा क्याटरिनामा पनि फैलिएको छ । त्यहाँ बाढी र पहिरोमा परी एक व्यक्तिको मृत्यु भएको छ । विपद्लाई स्वीकार गर्दै ब्राजिल सरकारले रियो ग्रान्डे डो सुललाई उपकरण र आर्थिक सहायता पठाएको छ ।

एजेन्सीका अनुसार प्रकोपबाट २४ हजारभन्दा बढी मानिस विस्थापित भएका छन् । गभर्नर एडुआर्डो लेइटले भने, ‘यो कठिन दिन भएको र हामी मानिसहरूलाई आफ्नो घर छोड्न आग्रह गर्छौं । हाम्रो लक्ष्य जीवन बचाउनु हो । हाम्रो प्राथमिकता मानिसहरूलाई उद्धार गर्नु हो ।’

उनले यो राज्यको सबैभन्दा ठूलो प्रकोप भएको भन्दै रियो ग्रान्डे डो सुल ‘युद्धको स्थितिमा रहेको बताए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ५ : २८ बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र