माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु | Khabarhub Khabarhub

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ।

गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१  वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो। उनको घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो।

सिजापतीको पोष्टमाटम गरि शव उनका आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए।

यस्तै कालिञोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ।

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस् बनेका थिए। उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : १७ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना