भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर « Khabarhub

भारत विदेशीलाई घृणा गर्ने मुलुक होइन : विदेशमन्त्री जयशंकर


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.6k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतका विदेशमन्त्री एस. जयशंरले भारत विदेशीलाई घृणा गर्ने मुलुक (जेनोफोबिक) नभएको बताए । 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आप्रवासीहरूलाई अस्वीकार गरेकाले भारत र सहयोगी मुलुक जापानले आर्थिकरूपमा सङ्घर्ष गरिरहेको टिप्पणी गरेपछि विदेशमन्त्रीको उक्त भनाइ आएको हो । 

आगामी नोभेम्बरमा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध पुनः निर्वाचनमा होमिएका बाइडेनले यसै साता वासिङ्टनमा अभियान कोष संकलन कार्यक्रममा उक्त टिप्पणी गरेका छन् । 

फेब्रुअरीमा आधिकारिक आँकडाअनुसार डिसेम्बरको त्रैमासिकमा आठ दशमलव चार प्रतिशत वार्षिक कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सहित भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भएको अर्थतन्त्रमध्ये एक हो । 

भारतको नागरिकता कानूनमा हालै लागू गरिएको सुधारसहित प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि आलोचकहरूले मुसलमानहरूविरुद्ध भेदभाव गरेको आरोप लगाएका छन् ।

सन् २०१९ मा संसद्ले पहिलो पटक पारित गरेपछि अन्ततः मार्च लागू भएको संशोधित कानूनले ठूलो विरोध निम्त्यायो । एम्नेस्टी इन्टरनेसनलले उक्त कानून अझै पनि केही मुस्लिमलाई नागरिकताबाट वञ्चित गर्न राष्ट्रिय नागरिक दर्ताका साथ उपकरणका रूपमा प्रयोग हुने खतरा रहेको चेतावनी दिएको छ । 

अमेरिकी अध्यागमन नीतिको रक्षाका रूपमा गरिएको टिप्पणीमा बाइडेनले सहयोगी भारत र जापानलाई प्रतिद्वन्द्वी चीन र रुससँग जोडेका थिए ।

‘चीन आर्थिकरूपमा यति नराम्रोसँग किन ठप्प छ ? जापान किन चिन्तामा छ रु रुस किन समस्यामा छ ? र भारत रु किनकी उनीहरू जेनोफोबिक हुन्, उनीहरू आप्रवासीलाई चाहँदैनन्’, कोष संकलन कार्यक्रममा उनले भनेका थिए । 

टोक्योले शनिबार प्रतिक्रिया दिँदै ‘जापानको नीतिको सही बुझाइमा आधारित नभएको टिप्पणी गर्नु दुर्भाग्यपूर्ण’ भएको बताएको छ । 

    

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ६ : ४४ बजे

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये

मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक म्याद थप

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचन

साँगामा तीव्र गतिमा अण्डरपास निर्माण (तस्बिरहरू) 

भक्तपुर– भक्तपुर र काभ्रेपलान्चोकको सिमाना क्षेत्र साँगामा दुई लेनको अण्डरपास