कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण « Khabarhub

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले अग्नि प्रभावित क्षेत्रको निरीक्षण गरेका छन् ।

उपसभापति गुरुङले आज स्याङ्जाको चापाकोट नगरपालिका–१ का मैदान र बीरडाँडाका अग्निपीडित पाँच घरपरिवारका अवस्था बुझ्नुका साथै आर्थिक सहयोग गरेका हुन् ।

आगलागीका कारणघरबारविहीन भएका जनताको घरमा पुगेर पूर्वमन्त्री गुरुङले प्रतिपरिवार रु १० हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

“घरवारविहीन हुनुभएका नागरिकको अवस्था बुझ्नका लागि घरदैलोमा आएको हुँँ”, उनले भने, “जनताको सुख दुःखमा जनप्रतिनिधिसँगै भएको महसुस दिलाउन अग्नि प्रभावित गाउँमा पुगेको हुँ, पहिलो चरणमा मैले पाउने मासिक पारिश्रमिकबाट सानो रकम सहयोग गरेको छु ।”

अग्नि प्रभावित मैदान र बीरडाँडाका पाँच घर आगोका कारण पूर्णरुपमा क्षति भएको थाहा पाएपछि नागरिकलाई सान्त्वना प्रदान गर्न र आगामी योजना बनाउने उद्देश्यसहित प्रभावित गाउँको स्थलगत अवलोकन गरेका हुन् ।

“आफ्ना नागरिकलाई साह्रो गाह्रो पर्दा नै हो जनप्रतिनिधिले सहयोग गर्ने हो”, उनले भने, “नागरिकको वास्तविक पीडाका बारेमा उहाँहरुकै घर दैलोमा पुगेर बुझेर आएको छु, अब उहाँहरुको पुनःव्यवस्थापनका विषयमा म गम्भीर छु, अगाडि बढ्छु ।”

चापाकोट–१ मैदानका अग्निपीडित हिमबहादुर सारु मगरले घटना घटाउने मान्छेको पहिचान गरी कारबाहीको माग गरे । “हामीले जिताएर पठाएको जनप्रतिनिधि हजुर नै हो, म त बेघर भएँ” मगरले भने , “आगामी दिनमा म जस्तै बेघर अरु कोही पनि नहुन्, त्यसका लागि जो कोही भए पनि खोजी गरी कानुनी दायरामा ल्याउनैपर्छ ।”

आँफू बस्दै आएको घर खरानी हुनुको पीडा भोग्नेलाई मात्रै थाहा हुने भन्दै उनले आगामी दिनमा यस्ता क्रियाकलाप दोहोरिन नदिनका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताए ।

सम्पास सामुदायिक वनमा लागेको आगो फैलिँदै आउँदा वनभन्दामाथि रहेका मैदान र बीरडाँडाका पाँच घर तथा गोठ जल्दा पशुचौपाया, अन्नपात, भाँडाकुँडा जलेर नष्ट भएको हो । गत सोमबार मैदानका तीन घर तथा मङ्गलबार बीरडाँडाका दुई घरमा आगलागी हुँदा लाखौँका क्षति भएको थियो ।

मैदानमा गत सोमबार साँझ ५ बजे हिमबहादुर सारु मगर, तेजकुमारी सारु मगर र चन्द्रकुमारी सारु मगरको घर गोठ पूर्णरुपमा जलेर नष्ट भएको थियो । भोलिपल्ट मङ्गलबार दिउँसो २ बजे घरमुनी जङ्गलबाट आएको आगोले बीरडाँडाका सेतीमाया सिँजाली र खमानसिंह सिँजालीको घर गोठ जलेर खरानी भएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ९ : ५७ बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा