एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी « Khabarhub

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी


२२ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर खड्काको प्यानलनै विजयी भएको छ ।

अध्यक्षका प्रत्यासी शरणकुमार राईलाई ९४ मतको अन्तरले पराजित गर्दै खड्का जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् । खड्काले ३१७ मत ल्याउँदा राईले २२३ मत ल्याए ।

अध्यक्षमा निर्वाचित भएका खड्का निवर्तमान उपाध्यक्ष हुन् भने राई निवर्तमान अध्यक्ष हुन् । दुवै जनाले प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।

यस्तै उपाध्यक्षमा किरण राई निर्वाचित भएका छन् । उनले मत ३११ ल्याए । उनका प्रतिस्पर्धि कृपाशुर शेर्पाले २१६ मत पाए । निवर्तमान जिल्ला सचिव रहेका राई पौवादुङमा गाउँपालिका अध्यक्षसमेत हुन् ।

एक्सन राईले ३४७ मत ल्याएर सचिवमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धि ज्ञानेन्द्र कार्कीले १६८ मत पाए । राई नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्षसमेत हुन् ।

खुल्ला उपसचिवमा दौलत राई निर्वाचित भएका छन् । राईले ३०४ मत ल्याउँदा उपसचिवका अर्का उम्मेदवार जगत चौहानले १७३ मत ल्याए । यसैगरी महिला उपसचिवमा रमा राई निर्वाचित भएकी छन् । रमाले २९२ मत ल्याउँदा मेरिका राईले २१६ मत ल्याइन् ।

पदाधिकारीमा निर्वाचित भएका सबै मकर खड्का समूहका हुन् । नेताहरुले सहमतिमा नेतृत्व चयनको प्रयास गरेपनि सर्वसम्मत हुन नसकेपछि दुई समूहले फरकफरक समूह बनाएका थिए ।

शनिबार सम्पन्न निर्वाचनमा ५७४ जना प्रतिनिधिले मतदान गरेका थिए ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  १० : ०० बजे

दसैँ बिदामा पनि आयोगका कार्यालय खुला रहने

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको बिदाका

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा