आज २०८१ साल जेठ २२ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८१ साल जेठ २२ गते मंगलबारको राशिफल


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल जेठ २२ गते मंगलबार तदनुसार सन् २०२४ जुन ४ तारिख। जेठ कृष्ण पक्षको त्रयोदशी तिथि। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : समय रमाइलो छ। मित्रले सहयोग गर्नेछन्। रमाइलो गर्ने नाममा खर्च बढ्ने देखिन्छ। कृषि क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ।

वृष : आफ्नै बोलीको फन्दामा पर्ने जोखिम देखिन्छ। बोल्नु अगाडि सोच्नु राम्रो हुनेछ। अधिकारका नाममा आफन्तसँग प्रतिवाद हुने जोखिम देखिन्छ। राजनीतिक क्षेत्रमा गरेको लगानीले झगडा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : बौद्धिक क्षेत्रमा गरेको मेहनत सफल हुनेछ। शिक्षाको क्षेत्रबाट हौसला बढ्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। विश्वास गरेको मित्रबाट परिवारमा धोका हुने भएकाले सचेत हुनु राम्रो हुनेछ।

कर्कट : झुटो आरोप लाग्नसक्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारमा मेलमिलाप हुने दिन छ। प्रेम सम्बन्धक सुमधुर बन्ने योग छ।

सिंह : तपाईंसँग अपेक्षा गर्ने धेरै मानिस भएकाले सामाजिक बन्नुपर्ने बाध्यता देखिन्छ। विदेशमा गरेको लगानी भन्दा देशभित्र वैकल्पिक पेशा गरेर रमाउन सक्नुहुन्छ। स्वास्थ्यका क्षेत्रमा गरेको लगानीले फाइदा हुनेछ। समाज र परिवारसँगको सम्बन्ध राम्रो बन्नेछ।

कन्या : अधिकारको उपयोग गर्ने दिन हो। लगानीका क्षेत्र धेरै छन्। हिम्मत गर्नुभयो भने शिक्षा क्षेत्रमा सबैभन्दा बढी फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने शंका बढ्ने जोखिम छ।

तुला : परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। ठुलो योजना सफल हुनेछ। शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुने देखिन्छ। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

वृश्चिक : मन अशान्त हुनेछ। लगानीका क्षेत्रबाट भने उत्साह बढ्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ मिल्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। सिर्जनात्मक बन्नुहुनेछ। तपाईंको उत्साह देखेर साथीहरुले प्रशंसा गर्नेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिन्छन्। परिवारसँग मेलमिलाप बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ।

मकर : बोलीमा सुधार गर्नुपर्ने समय छ। लगानीका क्षेत्र राम्रा छन्। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको सामान्य विवादले उग्र रुप लिने जोखिम देखिन्छ। साथीसँग बोल्दा सचेत हुनु राम्रो हुन्छ।

कुम्भ : साढेसाती दशा चल्दै छ। जसले गर्दा परिवारमा झगडा हुने जोखिम हुन्छ। शनिदेव अनुकल भएमा ठुला काम बन्नेछन्। परिवारमा मेलमिलाप हुनेछ। जन्मकुण्डली हेरेर ठुलो कामको सुरुवात गर्नु राम्रो हुन्छ।

मीन : भौतिक सम्पत्ति जम्मा गर्ने दिन छ। शेयर कारोबारमा फाइदा हुनेछ। धार्मिक कार्यमा गणेशको भजन सुन्नु राम्रो हुन्छ। सामाजिक क्षेत्रमा प्रशांसा हुनेछ। परिवारबाट सहयोग मिल्नेछ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ५ : ०४ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४