१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग « Khabarhub

१० वर्षपछि क्रिकेट विश्वकपको मैदानमा नेपाल : पहिलो भिडन्त आज नेदरल्यान्ड्ससँग

कस्तो छ नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’ ?


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ।

पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन्।

१० वर्षको अवधिमा संरचनागत सुधार नभए पनि नेपाली क्रिकेट खेलाडीको मेहनतले फेरि विश्वकपको मैदानमा नेपाल पुगेको छ। नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा मंगलबार राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ।

 

पहिलो भिडन्त मंगलबार राति नेदरल्यान्ड्ससँग

नेपालले पहिलो खेल मंगलबार राति ९:१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।

विश्वपको समूह ‘डी’मा रहेको नेपालका लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो। खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन्।

कप्तान पौडेलले भने, ‘१० वर्षमा हामीले फेरि मौका पाएका छौं। नेदरल्यान्ड्ससँग खेल्न सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छौँ। नेदरल्यान्ड्ससँग हामीले पटकपटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ।’

डालासमा नेपाली समर्थकको साथले थप ऊर्जा दिने कप्तान पौडेलको भनाइ छ। उनले शित र घामको अवस्थालाई हेरेर टसपछि निर्णय हुने बताएका छन्। टसले जित र हारसँग सम्बन्ध नराख्ने उनको भनाइ छ। उनले नेपालको जितले सबै समर्थक र नेपालीलाई खुशीको अनुभूति दिने भन्दै नेपालको प्रदर्शन आगामी पुस्तालाईसमेत प्रोत्साहन पुग्ने हुनुपर्ने उनले बताए।

नेपाल र नेदरल्यान्ड्सको खेल हुने समयको मौसम सफा हुने पूर्वानुमान मौसमविद्ले गरेका छन्। नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकलेसमेत नेपालसँग सजक भएर मैदान उत्रने बताएका छन्।

नेपाल र नेदरल्यान्ड्सको ‘हेड टु हेड’
नेपाल र नेदरल्यान्ड्सले अहिलेसम्म गरेका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। दुई टोलीबिच भएको १२ वटा टी-२० भिडन्तमा नेपालले ६ जित निकालेको छ। एक खेल नतिजाबिहीन हुँदा नेदरल्यान्ड्स ५ खेलमा विजयी भएको छ।

नेपालको समूह ‘डी’का कुन टिम कस्ता ?

विश्वकपको समूह ‘डी’ मा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश छन्। समूहको पहिलो खेलमा सोमबार दक्षिण अफ्रिकाले श्रीलङ्कालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको छ। श्रीलङ्कालाई ७७ रनमा अलआउट गर्दै दक्षिण अफ्रिकाले ६ विकेटको उत्कृष्ट जित निकाल्दै विजयी सुरुवात गरेको हो।

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ। नेपालका लागि श्रीलंका बलियो प्रतिद्वन्द्वी हो।

नेपालले जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ। दक्षिण अफ्रिका र बंगलादेश अहिले विश्व क्रिकेटका शक्तिशाली टिम हुन्।

२० टोलीको सहभागिता रहने विश्वकपमा चार समूहमा विभाजन गरिएको छ। समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन्। सुपर आठमा पुग्न नेपालले कम्तिमा पनि समूह चरणका दुई खेल जित्नैपर्छ।

विश्वकप खेल्ने नेपाली टिम

टी-२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल (कप्तान) आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : १६ बजे

नियन्त्रित लागूऔषधसहित दुईजना पक्राउ

धनकुटा– सहिदभूमि गाउँपालिका-७ साप्टिङ्टारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ९०

पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्य टुङ्ग्याउन गम्भीर छलफल गर्दै रवि

काठमाडौं- पहिलो महाधिवेशन सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि

पश्चिम बङ्गालको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते

काठमाडौं– भारतको पश्चिम बङ्गालस्थित हल्दिया पेट्रोकेमिकल्सद्वारा सञ्चालित पेट्रोकेमिकल प्लान्टमा मंगलबार

निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका

नारायणगढ-मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण र जनशक्ति तयारी अवस्थामा

चितवन- वर्षायाम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा सम्भावित पहिरोका कारण सडक अवरुद्ध