दक्षिण एसियामा गर्मीको जोखिम | Khabarhub Khabarhub

दक्षिण एसियामा गर्मीको जोखिम


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जुन महिना लाग्दा नलाग्दै दक्षिण एसिया एउटा नयाँ समस्यामा पुगेको छ। यसै समस्याका कारण अबका केही महिना कुन रूपमा अघि बढ्ने अझै अनिश्चित नै छ। अमेरिकी महादीपमा गत वर्षको गर्मीको पीडा धेरैले अझ बिर्सन सकेका छैनन्।

गत वर्षको १६ जुलाइमा अमेरिकी डेथ भ्यालीमा तापक्रम ५० डिग्री सेल्सियस भएको थियो। जलवायु परिवर्तनका दिन हरेक वर्ष तापक्रम बढी रहेको छ। सायद अबको दिन कत्ति हुने अनिश्चित नै छ।

५ मे मा एउटा रिपोर्ट प्रकाशित भएको थियो। सो रिपोर्ट अनुसार विगतका अप्रिल महिनामा भन्दा यस वर्षको अप्रिल महिनामा बढी गर्मी भएको थियो। प्रि औद्योगिक कालको भन्दा १ दशमलव ५ डिग्री सेल्सियस तापक्रम यसै वर्ष पुरा हुने अनुमान गरिएको छ।

२०२४ को पूर्ण मौसम पूर्वानुमान गर्न कठिन छ। अमेरिकामा जुन महिनामा यस वर्ष सहनै कठिन हुने गर्मी हुनसक्छ। जुनदेखि अगस्टको समयमा दक्षिण पश्चिम र उत्तर पूर्वमा गर्मी हुनेछ।

२०२४ को पूर्ण मौसम पूर्वानुमान गर्न कठिन छ। अमेरिकामा जुन महिनामा यस वर्ष सहनै कठिन हुने गर्मी हुनसक्छ। जुनदेखि अगस्टको समयमा दक्षिण पश्चिम र उत्तर पूर्वमा गर्मी हुनेछ। जुनमा सामान्य वर्षा हुने तथा जुलाइमा अलि बढी नै वर्षा हुने अनुमान गरिएको छ। केही तटीय क्षेत्र तथा प्रशान्त क्षेत्रमा यो वर्ष पनि विगतको भन्दा अझ अस्वभाविक मौसम देखिनसक्छ।

२८ मेका दिन रेड क्रस रेड क्रसेन्ट क्लाइमेट सेन्टर, वर्ल्ड वेदर एट्रयुबेसन र क्लाइमेट सेन्टरले रिपोर्ट प्रकाशित गरेका थिए। रिपोर्टका अनुसार गएका १२ महिना अत्यन्त गर्मीका रूपमा बित्ते। नव सृजित जलवायु परिवर्तनका कारण सो वर्ष अत्यधिक गर्मी भएको कुरा नकार्न मिल्दैन। साथै धेरै स्थानमा तातो हावा, डढेलो र खडेरीको समस्या पनि देखिएको थियो।

जलवायु परिवर्तनका कारण यस्ता समस्या सिर्जना हुनु भन्दा अघि पनि वर्षका २६ दिन अलि बढी नै गर्मी हुने गरेको थियो। युएस एडले मार्चको अन्त्यमा एउटा सम्मेलन आयोजना गरेको थियो। त्यो सम्मेलनमा अत्यधिक गर्मीका कारण जनजीवनमा पर्न सक्ने जोखिमका बारे चर्चा गरिएको थियो।

सम्मेलनमा एसियाका केही देशमा लुको जोखिम हुने चर्चा गरिएको थियो। यसले त्यहाँको जनजीवनमा समेत अप्ठेरो आउन सक्ने छ। बङ्गलादेश, म्यानमार, नेपाल मलेसिया र फिलिपिन्समा यो समस्या अझ बढी हुनसक्छ।

बङ्गलादेशमा ६४ मध्येका ५७ जिल्लामा अत्यधिक गर्मीको समस्या देखिएको छ। यसले १२० मिलियन जनसङ्ख्यालाई प्रभाव पारेको छ। २८ अप्रिलमा ४८ दशमलव २ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

बङ्गलादेशमा ६४ मध्येका ५७ जिल्लामा अत्यधिक गर्मीको समस्या देखिएको छ। यसले १२० मिलियन जनसङ्ख्यालाई प्रभाव पारेको छ।

अफ्रिकाका लामो समयसम्म कायम रहने गरी लुको असर यो वर्ष देखिइसकेको छ। बङ्गलादेशमा यसको पूर्व सूचना नै दिइएको थियो। एक लाख २३ हजार ७ सय जनालाई पूर्व सूचना दिएर सावधान गराउने उद्देश्यले सो काम भएको थियो।

अप्रिल र मे महिनामा भारतको तापक्रम त्यस्तै देखिएको थियो। मे महिनाको अन्त्यमा एक पटक दिल्लीको तापक्रम ५२ डिग्री सेल्सियस भन्दा बढी थियो। त्यहाँ फेरि तापक्रम मापनको कुरा पनि उठेको थियो। बारम्बार धेरै स्थानमा ५० डिग्री सेल्सियस पार गर्न थालेपछि यसले भारतलाई अत्त्याउनु स्वाभाविक हो। मौसमविदले पिउने पानीको समस्या हुने चेतावनी दिइसकेका छन्।

इन्टर गभर्नेन्टल प्यानल अफ क्लाइमेट चेन्ज आइपिसिसीका अनुसार मानव सिर्जित कारणले भन्दा बाहिर प्राकृतिक रूपले नै प्रत्येक १० वर्षमा एक पटक लु चल्ने गर्छ। अहिले यो क्रम २ दशमलव ८ गुणाले बढेको छ।

सामान्य भन्दा फरक सहनै नसक्ने लु प्रत्येक ५० वर्षमा एक पटक आउने गरेको थियो। अहिले यसमा चार दशमलव ८ गुणाले वृद्धि भइसकेको छ। इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी भारतका सेन्टर फर एटमरफरिक साइन्सका डिन प्राध्यापक डा. अच्युत कृष्ण रावो पनि संसारभर नै मानव निर्मित कारणले समस्या थपिएको बताउँछन्।

भारतमा धेरै विद्यालय बन्द भए। गर्मी सम्बन्धी धेरै रोगको समस्या निम्तिन सक्ने तथा यसले धेरै बालबालिकालाई प्रभाव पार्न सक्ने अनुमान गर्न थालिएको छ।

भारत मात्र होइन दक्षिण एसियामा नै अहिले गर्मीका साथै आर्द्रताको पनि समस्या छ। यस कारण जनजीवनमा धेरै समस्या आउनसक्छ। मे महिनाको अन्त्यमा राजधानी दिल्ली र त्यसका छिमेकी राज्यमा आएको असरका कारण धेरैलाई चिन्तित तुल्याएको छ। त्यहाँका विज्ञले यसले नवजीवनमा समस्या आउन नदिन धेरै नै सतर्कता अपनाउन चेतावनी दिइसकेका छन्।

भारतीय क्लाइमेट ट्रेन्ड्सका निर्देशक आरती खोस्लाका अनुसार ग्रामीण क्षेत्रमा अझ बढी जोखिम हुनसक्छ। त्यहाँ तत्काल तापक्रम बढेर मानिसको शरीरमा कुनै समस्या आएमा यसको उपचार गर्न समेत कठिन हुनसक्छ।

इम्पेरियल कलेज लन्डनका प्राध्यापक डा. फ्रेड्रिको ओटो त अझ बढी कडा चेतावनी दिन चाहन्छन्। उनले जीवाश्म इन्धनमा कारण आएको यो लुको समस्या र उच्च तापक्रमको समस्या अझ बढी सक्ने बताउँछन्। उनले मानिसको आयु नै धेरै छोटिने सम्भावना व्यक्त गरेका छन्।

गएको महिनाको अन्त्यमा भारतको उत्तर पूर्वी क्षेत्रमा हरेका दिन ४५ डिग्री सेल्सियस तापक्रम नाघेपछि त्यहाँ समस्या भएको थियो। भारतका छिमेकी बङ्गलादेश र नेपालमा पनि स्वास्थ्य संरचना अत्यन्त कमजोर छ। प्रशान्त क्षेत्रमा अझ फरक किसिमको असर पर्नसक्छ।

तस्बिर : पिक्चर अलायन्स (पीए)

अहिले संसारमा देखिएको जलवायु समस्याको यो असरलाई कम गर्न तथा आफूलाई तयार अवस्थामा राख्न सबै कमजोर देशका लागि आवश्यक भइसकेको छ।
स्रोत : वेदर रन्डार, आइएफ आरसी, इन्डिया टुडे

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : ३३ बजे

राजतन्त्र अन्त्यपछि देशको अभिभावकीय संस्था राष्ट्रपति : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्यसम्पादनका

‘लचिलो मौद्रिक नीति आउँदैन’- गभर्नर

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति

राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय परिचयपत्रमा अन्तरआबद्धता सरकारको क्रान्तिकारी काम

जैमिनीमा छोरीको जन्मदर्ता गर्दा नगद प्रोत्साहन

गलकोट– जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षदेखि

पसिना धेरै आउँछ ? यस्तो समस्या भएको हुन सक्छ

काठमाडौं- छालाको भित्री सतहमा रहेको विशेष खालको ग्रन्थिबाट पसिना बन्दछ।