भारत लोकसभा मतपरिणाम : एनडीए ८७ , इन्डिया गठबन्धन ६५ सिटमा अगाडि* « Khabarhub

भारत लोकसभा मतपरिणाम : एनडीए ८७ , इन्डिया गठबन्धन ६५ सिटमा अगाडि*


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतीय संसद्को तल्लो सदन लोकसभाको ५४३ सदस्यको लागि भएको मतदानको अन्तिम मतपरिणाम आउन थालेको छ।

केन्द्रमा सरकार बनाउनको लागि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एन्डीए) र विपक्षी भारतीय राष्ट्रिय काँग्रेस नेतृत्वको इन्डियन नेश्नल डेभलप्मेन्ट इन्क्लूसिभ अलायन्स (आइएनडिआईए) गठबन्धनबिच प्रतिस्पर्धा भइरहेको छ।

हालसम्म एनडीए ८७, इन्डिया गठबन्धन ६५ र अन्य ६ सिटमा अगाडि छन्।

निर्वाचन मुख्य आयुक्त राजीज कुमारका अनुसार १९ अप्रिलदेखि जुन १ तारिखसम्म भएको मतदानमा ९६ दशमलव ८ करोड मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो अधिकार प्रयोग गरेका थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्म स्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा छन्।

चुनाव सम्पन्न भएपछि सार्वजनिक भएका एक्जिट पोलले हाल सत्तामा रहेका नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि अत्यधिक बहुमतसहित सत्तामै रहने नतिजा सार्वजनिक गर्दै आएका छन्।

५४३ सदस्यीय भारतको लोकसभामा भारतीय जनता पार्टी नेतृत्वको एनडीए गठबन्धनले ३५० देखि ४०० सम्म सिट जित्न सक्ने अनुमान गरिएको छ। एक सिटमा एनडीएका उम्मेदवार निर्विरोध भइसकेका छन्।

त्यस्तै विपक्षी इण्डिया गठबन्धनले भने आफूहरुको कम्तिमा २९५ सिट आउने र मोदी सरकार बिदा हुने दाबी गर्दै आएका छन्।

*(यसअघि अगाडि हुनुपर्नेमा निर्वाचित भएकाले भुलसुधार गरिएको छ । -सम्पादक)

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : ५३ बजे

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या

धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न समिति गठन

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्रको दोस्रो बजार सुधार