भारतमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने एक्जिट पोलको नतिजा « Khabarhub

भारतमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने एक्जिट पोलको नतिजा


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा सात चरणमा भएको मतदानबाट एनडीए गठबन्धनको सरकार बन्ने अनुमान गरिएको छ। एबीपी-सीवोटर, न्यूज २४-टूडेज चाणक्य, इन्डिया टिभीको एक्जिट पोल, रिपब्लिक टिभी-पिएम्एआरक्यू मेट्रिज, जनकी बात, इन्डिया न्यूज-डी-डायनाक्सिको एक्जिट पोलमा एनडीएले ३५० भन्दा धेरै सिटमा निर्वाचित हुने देखाएको छ।

न्यूज २४-टूडेज चाणक्यले एनडीएले सबैभन्दा धेरै ४०० सिट पाउने अनुमान गरेको छ।

चाणक्यको एक्जिट पोलमा भारतीय जनता पार्टी (बिजेपी)ले ३३५ भन्दा धेरै र काँग्रेसले ५० तथा इन्डिया गठबन्धनले १०७ भन्दा धेरै सिट पाउने अनुमान गरेको छ।

कांग्रेस र विपक्षी इन्डिया गठबन्धनका नेताले भने एक्जिट पोल यथार्थभन्दा निकै टाढा रहेको बताएका छन्।

भारतीय संसद्को तल्लो सदन लोकसभाको ५४३ सदस्यको लागि भएको मतदानको अन्तिम मतपरिणाम आउन थालेको छ।

केन्द्रमा सरकार बनाउनको लागि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एन्डीए) र विपक्षी भारतीय राष्ट्रिय काँग्रेस नेतृत्वको इन्डियन नेश्नल डेभलप्मेन्ट इन्क्लूसिभ अलायन्स (आइएनडिआईए) गठबन्धनबिच प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचन मुख्य आयुक्त राजीज कुमारका अनुसार १९ अप्रिलदेखि जुन १ तारिखसम्म भएको मतदानमा ९६ दशमलव ८ करोड मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो अधिकार प्रयोग गरेका थिए।

लोकसभा चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्म स्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा छन्।

 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : १८ बजे

परराष्ट्रमन्त्री खनाल र सुडानी राजदूत एल्टोमबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि सुडानका गैरआवासीय राजदूत

जलवायु वित्तमा अनुदान र प्रत्यक्ष पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

काठमाडौँ-  जलवायु परिवर्तनबाट सिर्जित जोखिम न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका

कांग्रेसको १५औँ महाधिवेशनको मतपरिणाम बिहीबार रातिसम्म सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि जारी

सुदूरपश्चिम विश्वविद्यालयका पाँच सङ्कायमा डीन नियुक्त

महेन्द्रनगर- सुदूरपश्चिम विश्वविद्यालयले पाँच सङ्कायका डीनसहित विभिन्न पदमा पदाधिकारी नियुक्त गरेको

पाँच महिनापछि अरुण नदीको सतिघाटमा ‘फेरी’ सञ्चालन

भोजपुर–  भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा ‘फेरी’ सेवा