भारतमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने एक्जिट पोलको नतिजा « Khabarhub

भारतमा फेरि एनडीए गठबन्धनको सरकार बन्ने एक्जिट पोलको नतिजा


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


708
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा सात चरणमा भएको मतदानबाट एनडीए गठबन्धनको सरकार बन्ने अनुमान गरिएको छ। एबीपी-सीवोटर, न्यूज २४-टूडेज चाणक्य, इन्डिया टिभीको एक्जिट पोल, रिपब्लिक टिभी-पिएम्एआरक्यू मेट्रिज, जनकी बात, इन्डिया न्यूज-डी-डायनाक्सिको एक्जिट पोलमा एनडीएले ३५० भन्दा धेरै सिटमा निर्वाचित हुने देखाएको छ।

न्यूज २४-टूडेज चाणक्यले एनडीएले सबैभन्दा धेरै ४०० सिट पाउने अनुमान गरेको छ।

चाणक्यको एक्जिट पोलमा भारतीय जनता पार्टी (बिजेपी)ले ३३५ भन्दा धेरै र काँग्रेसले ५० तथा इन्डिया गठबन्धनले १०७ भन्दा धेरै सिट पाउने अनुमान गरेको छ।

कांग्रेस र विपक्षी इन्डिया गठबन्धनका नेताले भने एक्जिट पोल यथार्थभन्दा निकै टाढा रहेको बताएका छन्।

भारतीय संसद्को तल्लो सदन लोकसभाको ५४३ सदस्यको लागि भएको मतदानको अन्तिम मतपरिणाम आउन थालेको छ।

केन्द्रमा सरकार बनाउनको लागि भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एन्डीए) र विपक्षी भारतीय राष्ट्रिय काँग्रेस नेतृत्वको इन्डियन नेश्नल डेभलप्मेन्ट इन्क्लूसिभ अलायन्स (आइएनडिआईए) गठबन्धनबिच प्रतिस्पर्धा भइरहेको छ।

निर्वाचन मुख्य आयुक्त राजीज कुमारका अनुसार १९ अप्रिलदेखि जुन १ तारिखसम्म भएको मतदानमा ९६ दशमलव ८ करोड मतदातामध्ये ६४ दशमलव २ करोड मतदाताले आफ्नो अधिकार प्रयोग गरेका थिए।

लोकसभा चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित ४३ केन्द्रीय मन्त्री, १२ पूर्व मुख्यमन्त्री, ८ फिल्म स्टार र २ पूर्व क्रिकेटर चुनावी मैदानमा छन्।

 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : १८ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा