हमासले बन्धक बनाएका थप चारजनाको मृत्यु भएको पुष्टि | Khabarhub Khabarhub

हमासले बन्धक बनाएका थप चारजनाको मृत्यु भएको पुष्टि


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले हमासले अपहरण गरेका थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

दक्षिणी गाजाको खान युनिसमा इजरायली कारबाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूसँगै रहेको इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले जनाएको छ ।

मृत्युको पुष्टि भएकामा बेलायती–इजरायली ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका पुरुष हुन् । आईडीएफले इसबारे उनीहरुको परिवारलाई जानकारी गराएको जनाइएको बीबीसीले उल्लेख गरेको छ ।

उक्त जानकारी गुप्तचर निकाय, स्वास्थ्य मन्त्रालयको विज्ञ समिति र रिलिजियस सर्भिससम्बन्धी मन्त्रालय र इजरायलका चिफ रबीको माध्यमबाट पुष्टि भएको जनाइएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि अरूसँगै ती चारजनालाई पनि बन्धक बनाइएको थियो ।

 

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : ३७ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको