विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा « Khabarhub

विश्वकपमा अफगानिस्तानको विजयी सुरुवात : ५८ रनमा समेटियो युगान्डा

फजलहक फारुकीले ९ रन दिएर लिए पाँच विकेट


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत मंगलबार बिहानको खेलमा युगान्डामाथि अफगानिस्तानले १२५ रनको शानदार जित निकालेको छ। टस टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको अफगानिस्तानले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १८३ रन बनाएको थियो।

१८४ रनको लक्ष्य पछ्याएको युगान्डा १६ ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो। युगान्डाका लागि रोबिन्सन ओबुयाले सर्वाधिक १४ रन बनाए भने रियाजत अली शाहले ११ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्। पावर प्लेमै युगान्डाले पाँच विकेट गुमाएको थियो।

विकेट लिएपछि मोहम्मद नाबी र फजलहक फारुकी। तस्बिरः क्रिकइन्फो

युवान्डालाई सस्तैमा समेट्न अफगानिस्तानका फजलहक फारुकीले ९ रन दिएर लिए पाँच विकेट लिए। राशिद खान र नविन उल हकले समान दुईदुई विकेट लिए भने मुजीब उर रहमानले एक विकेट लिए।

सुरुमा ब्याटिङ गरेको अफगानिस्तानका ओपनरले ८५ बलमा १५० रनको ऐतिहासिक साझेदारी गरेका थिए। अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जाद्रानले ८५ बलमा पहिलो विकेटका लागि १५० रनको साझेदारी गरेका हुन्।

रहमान ४५ बलमा चार चौका र चार छक्काको मद्दतमा ७६ रन बनाएर आउट हुँदा अर्का ओपनर इब्राहिम ४६ बलमा ९ चौका र १ छक्काको मद्दतमा ७० रन बनाउँदै आउट भए। ओपनिङ आकर्षक गरेको अफगानिस्तानको मध्यक्रमका ब्याट्सम्यान टिकेर खेल्न सकेनन्। मोहम्मद नाबीले १४ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

टस जितेर सुरुमा फिल्ड रोजेको युगान्डाका लागि कशमस कियुटा र ब्रायन मसाबाले दुईदुई विकेट हात पारेका थिए भने अल्पेश रामजानीले एक विकेट लिएका थिए।

समूह ‘सी’मा अफगानिस्तान र वेस्ट इन्डिजले विजयी सुरुवात गरेका छन्। यो समूहको पहिलो खेलमा वेस्ट इन्डिजले विजयी सुरुवात गरेको थियो। पपुवा न्युगिनी (पिएनजी)लाई वेस्ट इन्डिजले ५ विकेटको जित निकाल्दै विजयी सुरुवात गरेको हो।

यो समूहमा वेस्ट इन्डिज, पिएनजी, अफगानिस्तान, युवान्डा र न्युजिल्यान्ड छन्।

तस्बिरः क्रिकइन्फो

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १० : ०१ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल