भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि « Khabarhub

भारतीय लोकसभा : एनडीए २८४ र इन्डिया गठबन्धन २२२ स्थानमा अगाडि


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ । नेपाली समयअनुसार आज बिहान सवा ८ बजे सुरु भएको मतगणनाको प्रारम्भिक नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) को एनडीए गठबन्धन धेरै अगाडि रहेको छ ।

यो समाचार तयार पार्दासम्म ५३२ सिटको सुरुवाती रुझानमा नेसनल डेमोक्र्याटिक अलायन्स (एनडिए) गठबन्धन २८४ र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धन २२२ सिटमा अगाडी देखिएका छन् । यस्तै, २६ स्थानमा अन्य दल अगाडि छन् ।

सात चरणमा सम्पन्न भएको २८ राज्य र ८ केन्द्र शासित प्रदेशका ५४२ सिटमा लगभग ६५.१४ प्रतिशत मतदान भएको थिए । एक सिटमा भने यसअघि नै एनडीएका उम्मेदवार निर्विरोध भएका थिए ।

लोकसभा निर्वाचन १९ अप्रिल देखि १ जुनसम्म गरि सात चरणमा भएको थियो ।

विभिन्न एक्जिट पोलहरूले भारतीय जनता पार्टी नेतृत्वको तेस्रो पटक चुनाव जित्ने प्रक्षेपण गरेका छन् ।

एनडिए गठबन्धनले ३५० भन्दामाथि तथा कांग्रेस आई नेतृत्वको इन्डिया गठबन्धनले १३० सिट सिट जित्ने प्रक्षेपण छ ।

५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्दछ ।

 

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ९ : ५९ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर