मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले ढालेको रूख शिरमा बज्रँदा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहानको हुरीले रूख ढालेको रूख बज्रँदा थापाको मृत्यु भएको हो ।
वनमा उद्धार गर्न गएका सुरक्षाकर्मीले उनलाई मृतावस्थामा फेला पारेका हुन्। थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको छ ।
प्रतिक्रिया