दिल्लीका सातै क्षेत्रमा भाजपाको अग्रता, कन्हैया कुमार ४१ हजार मतले पछि परे « Khabarhub

दिल्लीका सातै क्षेत्रमा भाजपाको अग्रता, कन्हैया कुमार ४१ हजार मतले पछि परे


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको लोकसभा निर्वाचन २०२४ को मतगणनाको सुरुवाती रुझानमा केन्द्रीय राजधानीसमेत रहेको दिल्लीका सातै निर्वाचन क्षेत्रमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) अगाडि छ ।

चुनाव आयोगका अनुसार चाँदनी चौकबाट भाजपाका प्रवीण खन्डेलवालले कांग्रेसका जयप्रकाश अग्रवाललाई पछि पारेका छन् । उनी यहाँ ३ हजार ८९५ मतले अग्रस्थानमा छन् ।

पूर्वी दिल्लीमा भाजपाका हरिश मल्होत्रा १२ हजार २६३ मतले अगाडि छन् । उनलाई आम आदमी पार्टीका उम्मेदवार कुलदीप कुमारले पच्छ्याइरहेका छन् ।

नयाँ दिल्लीमा भाजपाका बांसुरी स्वराजले आम आदमी पार्टीका सोमनाथ भारतीलाई पछि पारेका छन् । उनी १८ हजार ४८० मतले अघि छन् ।

उत्तर पूर्वी दिल्लीमा भाजपाका मनोज तिवारी कांग्रेसका उम्मेदवार कन्हैया कुमारभन्दा अगाडि छन् ।

पछिल्लो मतपरिणाम अनुसार उनीहरूका बीचमा ४१ हजार ५७९ को मतान्तर रहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर पश्चिमी दिल्लीमा पनि भाजपाका योगेन्द्र चन्दोलिया ६५ हजार ३४४ मतले लिड गरिरहेका छन् । यस क्षेत्रमा कांग्रेसका तर्फबाट उदित राज उम्मेदवार छन् ।

दक्षिणी दिल्लीमा भाजपाकै रामवीर सिंह बिधुडी र आम आदमी पार्टीका शाही राम चुनाव लडेका छन् । रामवीर सिंह बिधुडी २० हजार २०६ मतले अगाडि छन् ।

पश्चिम दिल्ली निर्वाचन क्षेत्रमा भाजपाका कमलजीत सेहरावतले आम आदमी पार्टीका महाबल मिश्रालाई पछि पारेका छन् । उनी ३८ हजार ३९७ मतले अगाडि छन् ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  १२ : ३४ बजे

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

काठमाडौं– यही माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख

बसको ठक्करबाट बालिकाको मृत्यु

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिका–१ केउरेनीमा विद्यालय बसको

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी रहेको

राष्ट्रिय झण्डा लुगा बनाइँदा सरकारको कडाइ : चुनावमा दुरुपयोग बढ्यो

काठमाडौं – जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा आगो लगाउन गएकाको

मुस्ताङमा ११ हजार ३२८ जना मतदाता, २८ मतदान केन्द्र

जोमसोम– आसन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचन तयारीका लागि थासाङ गाउँपालिकास्थित