चलेन मोदी ‘म्याजिक’, ‘कांग्रेसमुक्त भारत’को सपना अधुरै | Khabarhub Khabarhub

चलेन मोदी ‘म्याजिक’, ‘कांग्रेसमुक्त भारत’को सपना अधुरै


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


19.5k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- जुन, २०१३ को कुरा हो, गोवामा भारतीय जनता पार्टी (भाजपा) को कार्यकारिणी बैठक चलिरहेको थियो । पार्टीका अध्यक्ष राजनाथ सिंहले गुजरातका पूर्वमुख्यमन्त्री नरेन्द्र मोदीलाई सन् २०१४ को चुनावी अभियान समितिको अध्यक्ष बनाउने घोषणा गरे ।

घोषणाको केही समयमै नरेन्द्र मोदीले ट्विटरमा लेखे, ‘वरिष्ठ नेताहरुले मलाई विश्वास गर्नुभयो । कांग्रेसमुक्त भारत निर्माणमा कुनै कसर छाड्ने छैन । तपाईंको समर्थन र आशीर्वादका लागि धन्यवाद ।’

आफ्नो भाषणमा मोदीले त्यही समयमा कांग्रेस सरकारको खरो आलोचना गर्दै भनेका थिए, ‘जो दिल्लीमा बसेका छन्, उनीहरुलाई रातदिन भ्रष्टाचारको आरोप किन लाग्छ ? उनीहरु ‘करप्सन पु्रफ’ भइसकेका छन्, उनीहरु मथि कुनै असर पर्दैन । कांग्रेसमुक्त भारत हाम्रो सपना हुनु पर्छ ।’

मोदीले ‘कांग्रेसमुक्त भारत’ परिकल्पना गरेको ११ वर्ष बितेको छ । उनी तेस्रो पटक सत्ता सञ्चालनको योजना बनाइरहेका छन् । तर, मोदीको ‘कांग्रेसमुक्त भारत’ को सपना यस पटक पनि अधुरै रहने भएको छ ।

सन् २०१४ को लोकसभा चुनावमा भाजपाले २८२ सिट जितेको थियो । त्यसबेला भारतमा मोदीको ‘प्रचण्ड’ लहर थियो । मोदीको उक्त आँधीका क्रममा कांग्रेस ४४ सिटमा खुम्चिएको थियो ।

यहाँसम्म कि पहिलो पटक लोकसभामा कांग्रेसले प्रमुख प्रतिपक्षी पद पनि गुमाउनु परेको थियो । त्यसअघि सन् २००९ को लोकसभा चुनावमा कांग्रेसले २०६ सिट जितेर अन्य दलहरुको सहयोगमा सरकार बनाएको थियो ।

२०१९ मा के भयो ?

सन् २०१९ को लोकसभा चुनावका क्रममा प्रधानमन्त्री मोदीले विभिन्न प्रदेशहरुमा चुनावी र्‍याली निकाले । चुनाव प्रचार–प्रसारका क्रममा उनले कांग्रेसलाई निशाना लगाउन परिवारवादीको संज्ञा दिए । तर, पनि भारत कांग्रेसमुक्त हुन सकेन ।

उक्त निर्वाचनमा भाजपा बम्पर जितसहित ३०३ सिट हासिल गर्न सफल भयो । उता, कांग्रेसले २०१४ को निर्वाचनमा व्यहोरेको पराजय पीडा ५२ सिट जितेर भुल्ने प्रयास गर्‍यो ।

सन् २०१९ को निर्वाचनमा कांग्रेस जिताउन राहुल गान्धीको मिहिनेत स्मरणयोग्य रहे पनि उनी अपेक्षाअनुरुप सफल भएनन् ।

यसपटक कांग्रेस दोब्बर, मोदीलाई धक्का

जारी लोकसभा चुनावको नतिजाको रुझान हेर्दा कांग्रेसले एक सयको आँकडा पार गर्ने देखिएको छ । प्रधानमन्त्री मोदीले चुनावी ¥यालीमा दोस्रो पटक कांग्रेसमाथि आक्रमण गर्दै परिवारवादको आरोप लगाए पनि कांग्रेसले दोब्बर सिट बढाउने पक्का भएको छ ।

कांग्रेसमाथि मुस्लिम तुष्टिकरणको पनि उनले आरोप लगाएका थिए । यसका बाबजुद मतदाताहरुमा कांग्रेसप्रति भरोसा बढेको देखियो ।

कांग्रेस रोक्न सकेनन्, भाजपालाई क्षति

एग्जिट पोलहरुमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक प्रचण्ड जीत निकाल्दै ह्याट्रिक गर्ने देखाइएको छ । १३ एग्जिट पोलको ‘पोल अफ पोल्स’ मा भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई ३६५ र कांग्रेस नेतृत्वको आईएनडीआईए गठबन्धनलाई १४५ सिट मिल्ने अनुमान थियो । तर त्यो अनुमानले पूरै फेल खाएको छ ।

पोलहरूमा यस पटक भाजपाले २०१९ को चुुनावमा प्राप्त गरेको ३०३ सिटभन्दा बढी सिट जित्ने भनिएको थियो। तर, भाजपालाई एक्लै २७२ सिट जित्न पनि मुस्किल देखिएको छ ।

नवभारत टाइम्सबाट

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : २८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस