चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर भागमा अवतरण « Khabarhub

चिनियाँ अन्तरिक्षयान अहिलेसम्म कोही नपुगेको चन्द्रमाको सुदूर भागमा अवतरण


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनले अहिलेसम्म कोही पनि नपुगेको चन्द्रमाको सुदूर क्षेत्रमा आफ्नो अन्तरिक्षयान अवतरण गरेको जनाएको छ ।

चीनले पृथ्वीबाट देख्न नसकिने उक्त चन्द्र सतहमा दोस्रोपटक मानवरहित अन्तरिक्ष यान सफलतापूर्वक अवतरण गराएको हो । उसले पहिलोपटक सन् २०१९ मा आफ्नो ‘चांग इ ४ यान’लाई त्यहाँ अवतरण गराएको थियो  ।

अहिलेसम्म यो अज्ञात स्थानमा अन्य कुनै पनि देशले आफ्नो यान पठाउने कोसिस गरेका छैनन् ।

चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए)का अनुसार चिनियाँ समय अनुसार आइतबार बिहान ६:२३ मा चांग इ ६ अन्तरीक्षयान चन्द्रमाको दक्षिणी ध्रुव एटकेन बेसिनमा अवतरण गरेको हो ।

गत मे ३ मा प्रक्षेपण गरिएको उक्त मिसनको लक्ष्य उक्त क्षेत्रबाट दुर्लभ चट्टान तथा माटो जम्मा गर्नु रहेको छ ।

यो मिसनले चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा विशाल खाडलभित्रका केही सबैभन्दा पुराना चट्टानबाट सामग्रीहरू बाहिर निकाल्ने काम गर्नेछ ।

समाचार ‍श्रोत : बीबीसी

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  २ : ३८ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी