अयोध्यामा काम लागेन ‘भगवान रामको कार्ड’, भारी मतले पछि पर्‍यो भाजपा « Khabarhub

अयोध्यामा काम लागेन ‘भगवान रामको कार्ड’, भारी मतले पछि पर्‍यो भाजपा


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

अयोध्या : भारतमा जारी लोकसभा चुनावमा सबैभन्दा धेरै सिट रहेको राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टीले नमिठो धक्का ब्यहोरेको छ ।

भाजपाले अयोध्यामा भगवान रामको प्राण प्रतिष्ठालाई चुनावी एजेन्डा बनाएको थियो । तर भाजपाले बनाएको भगवान रामको कार्ड त्यहाँ काम लागेन ।

अयोध्यामा राम मन्दिर निर्माणपछि पनि फैजाबाद सिटबाट भाजपाका उम्मेदवार लल्लु सिंहलाई समाजवादी पार्टीका प्रत्यासी अवधेश प्रसादले १४ हजार ११८ मतले पछि पारेका छन् ।

भाजपा प्रत्याशी लल्लु सिंहलाई ताजा अवस्थामा २ लाख ६१ हजार ६१९ मत मिलेको छ । उता सपाका अवधेश प्रसादलाई २ लाख ७५ हजार ७३७ मत मिलेको छ ।

सन् २०१४ बाट फैजाबाद सिट जित्दै आएको भाजपाका लागि ताजा रुझानअनुसार यस पटक राम लहरले काम नगरेको हो । यसै वर्ष मात्रै प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्यामा राममन्दिर उद्घाटन गरेका थिए ।

फैजाबाद लोकसभा सिटमा २० मे मा मतदान भएको थियो । यसअघि भाजपा प्रत्यासी लल्लु सिंहले सन् २०१९ मा ६५ हजारभन्दा धेरै मतान्तरले जित निकालेका थिए । सपाका आनन्द सेन यादव दोस्रो र कांग्रेसका निर्मल खत्री तेस्रो भएका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ४ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार