बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित « Khabarhub

बलिउड अभिनेत्री कंगनाको शानदार जित, पूर्वमुख्यमन्त्री पुत्र विक्रमादित्य पराजित


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


26.9k
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- लोकसभा चुनावमा पहिलो पटक उत्रिएकी बलिउड अभिनेत्री कंगना रनौतले शानदार जित निकालेकी छन् ।

कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टीबाट चुनावी मैदानमा थिइन् ।

उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा यात्रा तय गरिन् । कंगनासँग कांग्रेस प्रत्याशी विक्रमादित्य सिंह पराजित भए ।

विक्रमादित्य सिंह कांग्रेसका दिग्गज नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन्।

कंगना रनौतले ५ लाख २७ हजार ४६३ मत ल्याइन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याए ।

४३ सय २० मतसहित बहुजन समाज पार्टीका डाक्टर प्रकाश चन्द्र भारद्वाज तेस्रो नम्बरमा रहे । मन्डी सिटमा जम्मा १० प्रत्यासी थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ५ : २१ बजे

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६