स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत « Khabarhub

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ । उद्योग वाणिज्य महासंघले दुई वर्ष अगाडि स्टार्टअप नीतिको मस्यौदा तयार गरेको थियो, त्यसमाथि व्यापक छलफल पश्चात सरकारले सो नीति पारित गरेकोमा महासंघले खुसी व्यक्त गरेको हो ।

 मंगलबार नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो विषय स्टार्टअप विस्तारमा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । उनले नीति  संवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समयदेखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे । 

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भूषालले नीतिले अंगिकार गरेको स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरू, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरुका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : २७ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि