स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत « Khabarhub

स्टार्टअप नीति पारित भएकोमा महासंघद्वारा स्वागत


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल उद्योग वाणिज्य महसंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुसी व्यक्त गरेको छ । उद्योग वाणिज्य महासंघले दुई वर्ष अगाडि स्टार्टअप नीतिको मस्यौदा तयार गरेको थियो, त्यसमाथि व्यापक छलफल पश्चात सरकारले सो नीति पारित गरेकोमा महासंघले खुसी व्यक्त गरेको हो ।

 मंगलबार नीति संवाद कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सो विषय स्टार्टअप विस्तारमा महत्वपूर्ण कोशेढुङ्गा भएको बताए । उनले नीति  संवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्टार्टअपका सन्दर्भमा आफ्नै पछिल्लो इतिहासलाई जोड्दै नीति ल्याउन लामो समयदेखिको महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरम, मन्त्रालय लगायतको अमूल्य योगदान रहेको र यो धेरै नै छलफलहरुबाट निकै खारिएर आएकोले स्टार्टअप व्यवसायका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे । 

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव जीवलाल भूषालले नीतिले अंगिकार गरेको स्टार्टअपको परिभाषा, स्टार्टअप र लघु, घरेलु तथा साना उद्योग र स्टार्टअप उद्यमका अन्तर सम्बन्धहरू, स्टार्टअप वर्ष २०३० र स्टार्टअप कर्जाहरुका विषयमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ६ : २७ बजे

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा

लगातारको वर्षापछि खुल्यो मौसम

काठमाडौँ – लगातारको वर्षापछि शनिबार दिउँसोदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न

हिमपात भएपछि मनाङमै रोकिए पर्यटक

मनाङ– बङ्गालको खाडीमा उत्पन्न अर्नब चक्रवातको प्रभावका कारण हिमाली क्षेत्रमा