वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ  « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ 


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेरोजगार युवाहरूलाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितहरूबाट रकम लिए पश्चात् विदेश नपठाई सम्पर्क विहीन भएको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुकुम पश्चिम घर भई सुकेधारा बस्ने ३९ वर्षीय रुपेश राज गिरी, स्याङ्जा घर भई बुढानीलकण्ठ बस्ने ४५ वर्षीय राजु ढकाल र  धनुषा घर भई तीनकुने बस्ने २२ वर्षीय युवराज ठाकुर रहेका छन् ।

रुपेश राज गिरीले देव सिंह महता समेतलाई रोमानिया पठाइदिन्छु भन्दै आठ लाख रुपैयाँ ठगी गरेको, राजु ढकालले अर्जुन सुनुवारलाई दुबई पठाइदिन्छु भन्दै दुई लाख पचास हजार रुपैयाँ ठगी गरेको र  युवराज ठाकुरले सशांक राज बानियाँ समेतलाई  पोल्यान्ड पठाइदिन्छु भन्दै ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो ।

उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ६ : ३९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल