संसद्‍मा सुहाङको पहिलो सम्बोधन : बजेटले जनतामा विश्वास जगाउन सक्नुपर्छ « Khabarhub

संसद्‍मा सुहाङको पहिलो सम्बोधन : बजेटले जनतामा विश्वास जगाउन सक्नुपर्छ


२२ जेष्ठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनतालाई विश्वास दिलाउने गरि बजेटको कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले हरेक बर्ष सार्वजनिक हुने बजेटले जनतामा केही आशा जाग्ने गरे पनि कार्यान्वयन नहुदा निराश हुनुपर्ने अवस्था रहेको बताए ।

उनले जनतामा आशा जगाउने गरी बजेट कार्यान्वयन गर्न सरकारले काम गर्नुपर्नेमा जोड दिए ।

बजेट देशको एक वर्षको योजना र कार्यक्रम भएकोले यसमा निक्कै गम्भीर हुनुपर्ने उनले धारणा राखे ।

उनले आफू नयाँ सांसद भएकोले आफूप्रति जनताको आशा, विश्वास र भरोसा पनि आलो नै भएको बताए ।

नेम्बाङले अहिलेको समस्या भ्रष्टाचार हो कि, संरचनागत त्रुटि हो वा राजनीतिक अस्थिरता हो भन्ने कुराको समीक्षा गर्नुपर्ने बताए ।

उनले आफ्ना पिता सुवास नेम्बाङले देखाएको बाटोलाई अवलम्बन गर्दै देश र जनताका काममा लाग्ने प्रतिबद्धता जनाए ।

इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुहाङले मंगलबार पहिलो पटक सदनमा मन्तव्य राखेका हुन् ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार  ७ : ४२ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका