चुनावी परिणामसँगै मोदीले भने : लगातार तेस्रो पटक जनताको विश्वास पायौँ | Khabarhub Khabarhub

चुनावी परिणामसँगै मोदीले भने : लगातार तेस्रो पटक जनताको विश्वास पायौँ


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभा चुनावको परिणाम अन्तिमतिर पुग्दै गर्दा जनताले तेस्रो पटक विश्वास गरेको बताएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालमा उनले देशका जनता-जनार्दनले एनडीएलाई लगातार तेस्रो पटक आफ्नो विश्वास दिएको बताए ।

‘भारतको इतिहासमा यो एक अभूतपूर्व पल हो ।  म यस स्नेह र आशीर्वादका लागि आफ्नो परिवारजनप्रति नमन गर्छु’, मोदीले भनेका छन्,’म देशवासीलाई उनीहरूको आकांक्षा पूरा गर्ने कुरामा विश्वास दिलाउँछौँ । हामी नयाँ ऊर्जा, नयाँ उमंग, नयाँ संकल्पसहित अघि बढ्ने छौँ।’

ताजा अवस्थामा एनडीएले २९१ सिट जितेको छ । उता कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले २३४ सिट जितिसकेको छ । तर भाजपा आफैंले एकल बहुमत ल्याउन भने असफल भएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ८ : २३ बजे

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून

कप्तान गिलको कीर्तिमानी दोहोरो शतक : के-के बने रेकर्ड ?

बर्मिङघम – कप्तान शुभमन गिलको सानदार दोहोरो शतकपछि भारतले इङ्गल्यान्ड

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं– विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको