टी२० विश्वकपमा नेपालको पहिलो खेल – नेदरल्याण्ड्सलाई छैठौं पटक हराउने मौका « Khabarhub

टी२० विश्वकपमा नेपालको पहिलो खेल – नेदरल्याण्ड्सलाई छैठौं पटक हराउने मौका


२२ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पुरुष टी२० विश्वकप २०२४ मा नेपालले आज पहिलो खेल खेल्दैछ । अमेरिकाको टेक्सासस्थित ग्रान्ड प्रेयरी रंगशालामा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिष्पर्धा हुन लागेको हो ।

नेपाली समयअनुसार सवा ९ बजे शुरू हुने भनिएको खेल वर्षाका कारण धकेलिएको छ । जारी विश्वकपको समूह ‘डी’ मा रहेका दुबै टोलीले आजको खेलमा हाबी हुँदै विजयी यात्रा शुरू गर्न चाहेका छन्‌ ।

सन्‌ २०१४ मा बंगलादेशमा आयोजित टी२० विश्वकपपछि विश्व क्रिकेट महासंग्राममा नेपालले यो पटक संघर्ष गर्न लागेको हो । नेदरल्याण्ड्स भने छैटौं पटक सहभागी हुँदै गरेको हो ।

टी२० अन्तराष्ट्रिय वरियतामा नेदरल्याण्ड्स १५औं र नेपाल १७औं स्थानमा छ । पछिल्ला खेलमा दुबै टोली चिरप्रतिष्पर्धी देखिएका थिए । दुई राष्ट्रिय टोलीबीच १२ वटा टी२० प्रतिष्पर्धा भएकामा ६ खेलमा नेदरल्याण्ड्स र पाँच खेलमा नेपाल विजयी भएको छ ।

एक खेल भने अनिर्णित भएको छ । सन्‌ २०१८ २९ जुनमा लर्ड्स खेलिएको खेल अनिर्णित भएको थियो ।

टी२० विश्वकप क्रिकेट निःशुल्क प्रत्यक्ष प्रदर्शन गरिने

प्रकाशित मिति : २२ जेठ २०८१, मंगलबार  ९ : २० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा