‘हिरुलाल’ : सञ्चार असुविधा झेलिरहेको कर्णाली कहरको प्रतिविम्ब « Khabarhub

‘हिरुलाल’ : सञ्चार असुविधा झेलिरहेको कर्णाली कहरको प्रतिविम्ब


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– म्युजिकल फिल्म ‘हिरुलाल’ सार्वजनिक भएको छ । नयाँ बानेश्वरस्थित एक हलमा बुधबार यो म्युजिकल फिल्मको प्रिमियर गरिएको हो ।

‘हिरुलाल’मा गायक एवम् मोडल चक्र बम र कलाकार रेनु योगीको मुख्य अभिनय छ । लोक देउडा तथा ठाडी भाकाको गीत ‘बित्या मैना साल, फर्की आइजा हिरुलाल’मा चक्र, डिक्रा देवी र रचना रिमालले स्वर दिएका छन् ।

यो भिडियो सामग्रीमा कर्णालीमा सञ्चार सुविधा नहुँदा उत्पन्न कहरको देखाइएको छ । भिडियोमा कर्णालीका एक युवा रोजगारीका लागि विदेसिँदा सञ्चार पहुँच नभएकाले परिवारसँग भौतिकसँगै प्राविधिक रूपमा पनि टाढिएको देख्न सकिन्छ ।

श्रीमान्सँग सञ्चार सम्पर्क नहुँदा श्रीमतीमा परेको मनोवैज्ञानिक असर भिडियोमा देख्न सकिन्छ । आमा–बुवाबीच सञ्चार सम्पर्क गराउन छोराले खेलेको भूमिकालाई भिडियोमा रोचक र भावनात्मक ढङ्गले देखाउन निर्देशक रतन देवकोटा सफल भएका छन् ।

इन्टरनेटको पहुँच भएका स्थानमा सामान्य मानिने भिडियो कलको कर्णालीको एक सामान्य परिवारमा ‘कस्तो खुसी आउँछ ?’ भिडियोमा देख्न सकिन्छ ।

यसमा कर्णाली अझै पनि सञ्चार सुविधा पर्खिरहेको सन्देश दिन खोजिएको छ । सारा संसार डिजिटल युगमा व्यस्त रहँदा पनि कर्णालीबासीले सञ्‍चार बञ्जितीकरणबाट भोग्नुपरेको सास्तीलाई भिडियोमा कलात्मक चित्रण गरिएको छ ।

‘बित्या मैना साल, फर्की आइजा हिरुलाल’ बोलको गीतले युवा विदेशिँदा कर्णाली खुसी छैन भन्ने प्रस्ट पार्छ ।

‘हिरुलाल’का कल्पनाकार, निर्माता र गीतकार निर्देशक देवकोटा स्वयम् हुन् । यसको कथा लेखन गोविन्द सुनार र संगीत उत्पादन कोबिड बज्रको छ । रेनुनाथ योगी र सौरभ लामिछानेले खिचेका हुन् ।

‘हिरुलाल’को छायाङ्कन जुम्लाको विभिन्न स्थानमा गरिएको छ ।

हेर्नुहोस् भिडियो : 

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : ११ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का