फरक एजेन्डासहित समाजवादीको नेतृत्वमा पुग्न तम्तयार युवा अनुहार « Khabarhub

फरक एजेन्डासहित समाजवादीको नेतृत्वमा पुग्न तम्तयार युवा अनुहार



काठमाडौं – नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन प्रज्ञा भवन कमलादीमा जारी छ ।

बिहीबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। एकीकृत समाजवादीको केन्द्रमा जान पछिल्लो समय युवा नेताहरूले चासो जनाएका छन् । यो पटक नेतृत्व हस्तान्तरण हुन नसके पनि अर्को पटक युवा आउनुपर्ने बताउँदै उनीहरू तयारीमा लागेका हुन् ।

विशेष गरेर यो महाधिवेशनमा चर्चाबाहिर रहेका युवाहरु ११ औँ महाधिवेशनमा नेतृत्वमा पुग्ने एजेन्डासहित सक्रिय छन् । केही भने यस पटक नै नेतृत्वमा पुग्ने दाउमा छन् ।

चुनुकुमारी चौधरी

चुनुकुमारी चौधरी थारु समुदायबाट एकीकृत समाजवादीको दसौँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भइसकेकी छन्।

४६ वर्षीय चौधरी सुदूरपश्चिमकी पूर्वमन्त्रीसमेत हुन् । ६ वटा थारु क्लस्टरबाट केन्द्रीय सदस्यमा बुधबार सर्वसम्मत भएकी हुन । तर आधिकारिक घोषणा भएको छैन ।

एमालेबाट विद्रोह गरेर आएकाले आफूले पार्टीलाई थप सशक्त र प्रभावकारी बनाउन केन्द्रीय सदस्यमा आएको उनले बताइन् ।

उनी एकीकृत समाजवादीको दशौँ महाधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन हुनुपर्ने र पुरानै नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताउँछिन्।

विद्रोह गरेर आएको पार्टी भएकाले त्यसको औचित्य पुष्टि हुन बाँकी रहेको उनको तर्क छ । त्यहीकारण उनी पुरानो नेतृत्व दोहोरिनुपर्ने तर्क गर्छिन्।

गणेश बिके

गणेश बिके समाजवादीको दसौँ महाधिवेशनमा सचिव पदका दाबेदार हुन्। उनी अझै पनि समाजमा दलित समुदायको प्रतिनिधित्व हातमा पर्नसक्ने अवस्थामा मात्रै रहेकाले पार्टीको माध्यमबाट उनीहरूको आवाजलाई बुलन्द गर्न सचिवमा दाबी रहेको बताउँछन् ।

उनी नेतृत्वमा युवा हुनुभन्दा भिजन र परिकल्पनासहितको हुनुपर्ने भन्दै यो पटक पुरानै नेतृत्वले पार्टी हाँक्ने अवसर दिनुपर्ने तर्क गर्छन् । त्यसमा युवाको साथ रहनुपर्ने उनको मान्यता छ ।

मोहन न्यौपाने

मोहन न्यौपाने उमेरले ३५ वर्षका युवा हुन् । उनी ताप्लेजुङ जिल्ला सचिवसमेत छन्। उनी युवाले नेतृत्व गर्नुपर्ने तर्क गर्दै समाजवादीको नेतृत्व युवाले नै हाक्नुपर्ने बताउँछन्। उनी यो महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार हुन्।

नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने भन्दै उनले नयाँ नेतृत्वले जनस्तरका समस्या सुन्नुपर्ने बताउँछन् ।जनतामा नेकपा एकीकृत समाजवादीप्रतिको दृष्टिकोणलाई नयाँ नेतृत्वले परिवर्तन गर्न सक्ने दाबी गर्छन् ।

उनी अहिलेको नेतृत्वले पार्टी उचाइमा पुर्याउन नसकेकाले एजेन्डासहितको नयाँ नेतृत्व आउनुपर्ने तर्क गर्छन् ।

ललिता रेग्मी (केशरी)

ललिता रेग्मी नेकपा एकीकृत समाजवादीकी क्रियाशील नेतृ हुन् । उनी युवामाझ लोकप्रिय छिन् । २८ वर्षीया केशरी पार्टीमा रूपान्तरण र पुस्तान्तरण हुनुपर्ने मान्यता राख्छिन्।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय परिषद् सदस्य केशरीले देशमा युवाको माहोल तातेकाले समाजवादीको नेतृत्व पनि युवाको हुनुपर्ने तर्क गर्छिन्।

प्रेमा लामा, हुम्ला

प्रेमा लामाको फरक भिजन छ। दुर्गम हुम्लाबाट उनी केन्द्रीय सदस्यका दाबेदार हुन्। उनले कर्णालीमा युवाले देखिने नेतृत्व खोजेको बताउँछिन् ।

उनको मान्यतामा पुस्तान्तरण भनेको पार्टीमा दाइभाइलाई दिनु भन्ने होइन । पुस्तान्तरण युवा जोशलाई हुनुपर्ने तर अहिले पार्टीमा पुस्तान्तरणको जरुरी नभएर पार्टीको भिजन बुझाउनुपर्ने उनी बताउँछिन् । दाइबाट भाइमा नेतृत्व आउनुलाई पुस्तान्तरणको उदाहरण हुन नसक्ने उनी तर्क गर्छिन्।

लामा समाजवादीमा विधानले तोकेकोभन्दा बढी युवा सहभागिता हुने जनाउँदै अबको विकल्प पुरानो नेतृत्वले जनस्तरमा गएर पार्टी सुधार्नुपर्ने बताउँछिन्। दुर्गम गाउँमा अझ पनि महिलालाई हेर्ने दृष्टिकोण परिवर्तन नभएको भन्दै महिलाको पक्षमा वकालत गर्न पनि आफू केन्द्रीय सदस्यमा आउने दाबी गर्छिन्।

सीता श्रेष्ठ, काठमाडौं

सहरी क्षेत्र काठमाडौंबाट प्रतिनिधित्व गर्दै आएकी सीता श्रेष्ठ पार्टीको दशौँ महाधिवेशनमा केन्द्रीय सदस्यको दाबेदार हुन्। ४३ वर्षीय श्रेष्ठ काठमाडौंमा समाजवादीको भिजनलाई बुझाउन नसकेको भन्दै आफूले टोल टोलमा अभियान चलाउने बताउँछिन् ।

उनी गुटबन्दीका कारण पार्टीले राम्रोसँग काम गर्न नसकेको भन्दै यसलाई चिर्न पनि केन्द्रमा नेतृत्व गर्न चाहेको तर्क गर्छिन् ।

जङ्ग राना

जङ्ग राना सुर्खेतबाट आएका प्रतिनिधि हुन् । ३७ वर्षका राणा पार्टीमा पुरानो नेतृत्व आउनुपर्ने तर युवा भिजनलाई समावेश गरेर आफू जस्तै युवाको साथ रहनुपर्ने दाबी गर्छन्। उनी अर्को पटक युवा नेतृत्व ल्याउन आफू युवाहरूको प्रतिनिधित्व गरेर केन्द्रीय सदस्यमा जान चाहेको दाबी गर्छन् ।

खड्क शाही

खड्क शाही पनि केन्द्रीय सदस्यमा आउन चाहने युवा नेता हुन्। मुगुबाट प्रतिनिधित्व गर्ने उनी त्यहाँ पार्टीको आकार बढाउँदै केन्द्रीयस्तरमा प्रतिनिधित्व गराउने योजनामा छन् । आफूलाई पनि परिमार्जनसहित थप सशक्त बनाउन केन्द्रीय सदस्यमा आउन लागेको उनी बताउँछन् ।

उनी अर्को पटकको युवा नेतृत्वको महत्त्वपूर्ण आधारहरू आफूहरू नै रहेको बताउँछन् । अर्को पटक युवा नेतृत्वलाई पार्टीमा ल्याउन आफ्नो उम्मेदवारी रहेको उनले बताए ।

घनश्यामलाई अघि सार्दै रामकुमारी, राजेन्द्रले भेटेनन् माधवको विकल्प

एकीकृत समाजवादीका प्रतिनिधिको मुड : यसपटक माधव, अर्को पालि घनश्याम

तन्नेरी जोशमा पार्टी हाँक्ने तयारी गर्दै ‘जन्तरे बा’

माधव र झलनाथ नमिल्दा पर्ला घनश्यामलाई चिठ्ठा !

माधव नेपाल कांग्रेससँग नजिकिँदा झलनाथ रुष्ट, महाधिवेशनको मुखमा बढ्दै किचलो

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ७ : २६ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड