रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई « Khabarhub

रास्वपा महामन्त्री ढकाल निलम्बित, कार्यवाहक जिम्मेवारी बुर्लाकोटीलाई


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ। बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ।

बैठकले प्रवक्ताको जिम्मेवारी भने नेता मनिष झालाई दिएको छ। रास्वपाले पार्टीको अनुशासन र विधिको पालना नगरेको महामन्त्री ढकाललाई सात दिनका लागि निलम्बन गरेको बैठकपछि सार्वजनिक निर्णयमा उल्लेख गरिएको छ।

महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए। तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

ढकालले पार्टीमा सभापति रवि लामिछानेले सबै दोष आफूलाई थोपरेको र आफू विभिन्न मुद्दामा मुछिँदा पनि पार्टीमा हक जमाएर बसेको आरोप लगाउँदै आएका छन्

रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको विषयमा पनि उनले प्रश्न उठाएका छन्। उनले तयार पारेको प्रतिवेदन पार्टीले सार्वजनिक गर्न नमानेपछि उनले सभापतिप्रति आक्रोश व्यक्त गरेका हुन् । यसले रास्वपामा खैलाबैला भएको छ । पार्टीमा महामन्त्री एकातर्फ हुँदा सभापतिसहित अन्य सबै केन्द्रीय सदस्य एकातर्फ छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ५५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म: अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको