नेताबाट राज नेता बनाउन रवि लामिछानेको विरोध गरेको हुँ : निलम्बित महामन्त्री ढकाल « Khabarhub

नेताबाट राज नेता बनाउन रवि लामिछानेको विरोध गरेको हुँ : निलम्बित महामन्त्री ढकाल


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले पार्टीमा सभापति रवि लामिछाने नेताबाट राजनेता बनाउन विरोध गरेको बताएका छन्।

पार्टीभित्र रवि प्रवृत्तिको विरोध आफूले गर्नैपर्ने भएकाले गरेको दाबी उनको छ। रावि लामिछानेमा देउवा, प्रचण्ड र ओली प्रवृत्ति दोहोरिएपछि विरोध गरेको उनले प्रष्ट पारेका छन्।

बुधबारको केन्द्रीय समिति बैठकले सात दिनका लागि निलम्बन गरेपछि पत्रकारसँग कुरा गर्दै ढकालले रविलाई सच्याउनका लागि र नेताबाट राजनेता बनाउनका लागि गरेको दाबी गरेका हुन। तर रवि लामिछानेले त्यसको अनुभूति नगरेको उनको भनाइ छ।

उनले भनेका छन्,‘राष्ट्रिय स्वतन्त्र सभापति रवि लामिछानेमा देउवा प्रवृत्ति, ओली प्रवृत्ति र प्रचण्ड प्रवृत्ति देखिन्छ भने रवि प्रवृत्तिको विरोध मैले गर्नुपर्छ। र त्यही कुरा मैले गरेको हुँ। त्यो विरोध मैले उहाँलाई सच्याउनका लागि गरेको हुँ। मैले उहाँलाई नेताबाट राजनेता बनाउनका लागि विरोध गरेको हुँ। तर कताकता उहाँले त्यसको अनुभूति गर्नु भएन।’

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ६ : १४ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया