पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो « Khabarhub

पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा घट्यो


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सित्तैमा विद्युत् पाउने भएपछि भारतको पञ्जाबमा सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्यामा कमी आएको पाइएको छ।

सरकारले पञ्जाबमा ३ सय युनिट विद्युत प्रतिमहिना सित्तैमा प्रदान गर्न थालेसँगै सौर्य ऊर्जा जडान गर्ने घरधुरीको सङ्ख्या घट्न थालेको हो ।

खालसाभक्सका अनुसार खासगरी फरिदाकोट र अमृतसरमा सौर्य ऊर्जा जडान गर्ने घरधुरी घटेका छन् । जालन्धरका सौर्य ऊर्जा जडान गर्ने एक जना विज्ञ परमिन्दर सिंहका अनुसार उच्च लागतका कारण पनि मानिसहरु सौर्य ऊर्जा जडान गर्न हच्किने गरेका छन् ।

उनका अनुसार सौर्य ऊर्जाको प्यानल जडान गर्न डेढदेखि दुई लाख भारतीय रुपैयाँसम्म लाग्दै आएको छ ।

समाचारमा जनाइएअनुसार र ३ सय युनिट प्रतिमहिनाभन्दा धेरै विद्युत् प्रयोग गर्ने घरधुरीले भने अझै पनि सौर्य प्यानल जडान गर्ने गरेका छन् । त्यसबाहेक पछिल्लो समय सौर्य प्यानल निजी आवासीय भवनभन्दा पनि सरकारी कार्यालयमा बढी जडान हुने गरेको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ११ : ५९ बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय