विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत « Khabarhub

विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह सूचीकृत


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वका उत्कृष्ट १ सय बन्दरगाहको सूचीमा भारतका ९ बन्दरगाह परेका छन् । पछिल्लो समय समुद्रपार व्यापारमा व्यापक वृद्धि भएसँगै ९ वटा भारतीय बन्दरगाह उत्कृष्ट बन्दरगाहको सूचीमा परेका हुन् ।

विश्व बैंक र एसएण्डपी ग्लोबल मार्केट इन्टिलिजेन्सले सार्वजनिक गरेको सूचीमा परेका भारतीय बन्दरगाहहरुमा भीसाखापट्नम बन्दरगाह सबैभन्दा माथि छ । यो बन्दरगाह उक्त सूचीको १९ औँ स्थानमा रहेको छ । त्यसपछि मुन्द्रा बन्दरगाह सूचीको २७ औँ स्थानमा छ ।

त्यसपछि पिपाभाव, कमराजर, कोचिन, हजारिया कृष्णापट्नम चेन्नइ र जवाहरलाल नेहरु बन्दरगाह क्रमशः ४१ औँ, ६३ औँ, ६८ औँ, ७१ औँ, ८० औँ र ९६ औँ स्थानमा परेका छन् ।

यो सूचीमा दक्षिण एसियाका थप दुई बन्दरगाह पनि परेका छन् । जसमा श्रीलंकाको कोलम्बो बन्दरगाह ४० औँ र पाकिस्तानको कराँची ६१ औँ स्थानमा रहेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको