यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू) « Khabarhub

यस्तो बन्दैछ ग्वार्कोमा ‘फ्लाई ओभर’ (तस्बिरहरू)


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


14.6k
Shares
  • change font
  • change font
  • change font

ललितपुर- उपत्यकाका व्यस्तमध्ये एक ललितपुरको ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माण कार्य तीव्र गतिमा भइरहेको छ ।

कोटेश्वर-कलंकी चक्रपथ अन्तर्गत ग्वार्को चोकमा २ वर्षअघिदेखि ‘फ्लाई ओभर’ निर्माण जारी छ ।

सुरुमा डिजाइन नमिलेको भन्दै रोकिएको ‘फ्लाई ओभर’ निर्माणकार्यलाई अहिले तीव्र पारिएको हो ।

चक्रपथमा सवारी ट्राफिक घटाउने गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ग्वार्को फ्लाईओभर २०८१ सम्म सम्पन्न गर्ने समयसीमा तोकेको छ ।

अहिले यो ‘फ्लाई ओभर’मा माटो भर्ने काम भइरहेको छ । निर्माण कम्पनी आशीष–समानन्तर–रेलिगेरले २०७८ माघ २७ गते ‘फ्लाई ओभर’ निर्माणको ठेक्का पाएको थियो ।

सम्झौतामा काम सम्पन्न गर्न सक्ने अवधि दुई वर्ष थियो । चक्रपथ सडकखण्डमा ट्राफिक जाम नियन्त्रण र व्यवस्थापन सहज बनाउन सरकारले ग्वार्कोमा फ्लाई ओभरको योजना ल्याएको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : २३ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद