प्रधानमन्त्रीले रास्वपालाई भने- संवैधानिक अधिकार प्रयोग गर्छु साथ दिनुहोस् « Khabarhub

प्रधानमन्त्रीले रास्वपालाई भने- संवैधानिक अधिकार प्रयोग गर्छु साथ दिनुहोस्


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


23.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपाका मन्त्रीहरूलाई आफूले संविधान अनुसार ३० दिनभित्रमा विश्वासको मत लिने सल्लाह मागेका छन् । 

बिहीबार बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्री र प्रमुख सचेतक सन्तोष परियारसँग  प्रधानमन्त्रीले सल्लाह मागेका हुन् । 

त्यसपछि प्रमुख सचेतक सन्तोष परियारले प्रचण्डलाई जति सक्दो चाँडो विश्वासको मत लिन आग्रह गरेको गरेका थिए । प्रधानमन्त्रीले सल्लाह मागेपछि सचेतक परियारले ले छिटोभन्दा छिटो विश्वासको मत लिएर मार्ग प्रशस्त गर्न भनेका थिए । 

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग गर्ने र सांसदलाई जवाफ दिने बताएका कारण हामीले यो कार्यक्रम छिटोभन्दा छिटो गरिहालौँ भनेर सुझाव दियौँ, परियारले भने,  ‘हिजोसम्म सँगै सत्तामा साझेदार गरेको एउटै मुद्दामा कतिपय कुरामा हामी हिँडेका छौँ मलाई विश्वासको मत लिने अधिकार प्रयोग गर्न दिनुहोस्।’ 

प्रधानमन्त्रीले संवैधानिक अधिकार प्रयोग नगर्दा पनि कमजोर प्रधानमन्त्री भएको आक्षेप लगाउने भएका कारण आफूले संवैधानिक अधिकार प्रयोग गर्ने रास्वपालाई जानकारी गराएका थिए त्यसमा रास्वपाले पनि साथ दिने जनाएको छ। 

यसो भनेपछि प्रधानमन्त्रीले एक साताभित्र नै  विश्वासको मत लिने तयारी गरेको बताएको स्रोतको दाबी छ । 

रास्वपाले अहिलेसम्म सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकै छैन र मन्त्रीहरूलाई राजीनामा समेत गराएको छैन।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : २६ बजे

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ