‘प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा गरुन्’ « Khabarhub

‘प्रचण्डकै अस्थिर चरित्रले सरकार ढल्यो, अल्पमतमा परेपछि राजीनामा गरुन्’


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्पष्ट अल्पमतमा परिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले संविधानअनुसार विश्वासको मत लिने अधिकार भए पनि अल्पमतमा परेपछि प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका हुन् ।

समावेशी र समानुपातिक प्रतिनिधित्व लगायत विषय साथै संघीयता कार्यान्वयन गर्न संविधान संसोधन गर्नुपर्ने आवश्यकता विगत ७ वर्षमा सबैले महसुस गरेकाले एमालेसँग सहकार्यको निर्णय भएको थापाले बताए ।

एमालेसँगको सहकार्यमा संविधान संसोधन गर्न लागिएको उनले बताए । थापाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई थप परिमार्जित र परिष्कृत गरेर अझै मजबुत बनाउने उद्देश्यले कांग्रेस-एमाले नयाँ सहकार्य भएको पनि उनले बताए ।

त्यस्तै थापाले प्रधानमन्त्रीको अस्थिर चरित्रका कारण उनी नेतृत्वको सरकार ढलेको स्पष्ट पारे । संविधान संशोधनका लागि कांग्रेस र एमालेको संख्याले मात्रै नपुग्ने भएकाले अन्य दलसहित राष्ट्रिय सहमतिको सरकार बनाउने पनि थापाले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  १२ : ३२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया