समाजवादी अध्यक्षमा नेपाल र महासचिवमा भुसाल निश्चित, वरिष्ठ उपाध्यक्षमा कुरा मिल्न बाँकी « Khabarhub

समाजवादी अध्यक्षमा नेपाल र महासचिवमा भुसाल निश्चित, वरिष्ठ उपाध्यक्षमा कुरा मिल्न बाँकी


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


19.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजावादी पार्टीको अध्यक्षमा माधवकुमार नेपाल निश्चित भएका छन् । त्यस्तै महासचिवका लागि घनश्याम भुसालको नाममा पनि सहमति जुटेको छ ।

चार दिनदेखि काठमाडौंको कमलादीमा जारी दशौँ महाधिवेशनबाट मुख्य दुई कार्यकारी पदमा पुरानै अनुहार सर्वसम्मत दोहोरिने भएका हुन् ।

उता पार्टीको वरिष्ठ उपाध्यक्ष पदमा भने अझै सहमति बनिसकेको छैन । वरिष्ठ उपाध्यक्षमा अध्यक्ष नेपालको गुटबाट राजेन्द्रप्रसाद पाण्डेको बलियो दाबेदारी छ ।

तर सम्मानित नेता झलनाथ खनाल र महासचिव भुसालको गुटबाट वरिष्ठ उपाध्यक्ष पदमा प्रकाश ज्वालाले पनि दाबी गरेका छन् ।

अध्यक्ष पदमा नेपाल दोहोरिने भएपछि वरिष्ठ उपाध्यक्ष पद आफूहरूले पाउनुपर्ने अडान खनाल र भुसाल समूहले राखेको छ ।

त्यस्तै सचिव पदमा पनि नेता मेटमणि चौधरीले दाबेदारी प्रस्तुत गरेका छन् । ने‍कपा एमाले विभाजनताका नयाँ पार्टी खोल्न माधव नेपाललाई दह्रो साथ दिएका उनी थारु समुदायबाट पार्टीको नेतृत्व गर्ने योजनामा छन् ।

समाजवादीले अध्यक्ष, महासचिव र वरिष्ठ उपाध्यक्षसहितका पदहरूमा सहमतिबाटै नाम टुंगो लगाउने गरी छलफल अघि बढाइरहेको छ ।

‘मिलेसम्म सबै पदाधिकारीहरूमा सहमतिको कोसिस हुनेछ । त्यही दिशामा छलफल हुँदा अध्यक्ष र महासचिवमा सहमति बनेको हो’, महाधिवेशनस्थलबाट एक नेताले खबरहबलाई भने, ‘पदाधिकारीबाहेक केन्द्रीय सदस्यसहितका पदमा सहमति बन्न नसके निर्वाचनबाट छिनोफानो गरिने छ।’

यसअघि अध्यक्ष पदको दौडमा रहेका सम्मानित नेता खनाल मौन बसेका छन् । उनी महाधिवेशनमा बन्द सत्रको अध्यक्षमण्डलको अध्यक्षको भूमिकामा छन् । उनी अघि नसरेपछि भुसालले अध्यक्ष हुन खोजेका थिए । तर यस पटक नेपालले नै अध्यक्षमा आफूलाई राख्न सफल भएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  २ : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली