एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई « Khabarhub

एमालेले छाडेका आठ मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार राजीनामा दिएका नेकपा एमालेका आठ जना मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तोकेका छन् ।

उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठसहित राजीनामा दिएका आठ मन्त्रीको जिम्मा राष्ट्रपति पौडेलले अर्को व्यवस्थता नहुन्जेललाई प्रधानमन्त्री दाहालले तोक्ने गरी बिहीबार तोकेका हुन् ।

‘…ले सम्माननीय प्रधानमन्त्रीसमक्ष नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजीनामा दिनुभएकोले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ज्यूको सिफारिसमा उहाँहरूले सम्हाली आएका मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोक्नुभयो’, राष्ट्रपतिको कार्यालयले भनेको छ ।

२०८० फागुन २१ गते बनेको गठबन्धन सरकारमा एमालेबाट आठ जना मन्त्रीहरू सहभागी भएका थिए । सोमबार राति भएको सहमतिअनुसार उनीहरूले बुधबार बेलुका राजीनामा दिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवम् यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती थिए ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  २ : ३८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्