जापान सरकारले बन्द गर्‍यो फ्लपी डिस्क प्रयोग « Khabarhub

जापान सरकारले बन्द गर्‍यो फ्लपी डिस्क प्रयोग


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले अन्ततः आफ्ना सबै प्रणालीहरूमा फ्लपी डिस्क प्रयोग गर्न बन्द गरेको छ ।

जापान सरकारले विगत दुई दशकदेखि फ्लपी डिस्क प्रयोग गर्दै आएको र लामो समयदेखि यसको प्रयोगमा प्रतिबन्ध लगाउन कर्मचारीतन्त्रमा पहल भइरहेको थियो ।

गत महिना, जापानी सरकारले आफ्ना सबै १०३४ नियामक निकायहरूमा डिसकोर्ड प्रयोग गर्न बन्द गरेको जनाएको छ ।

जापानका डिजिटल मन्त्री तारो कोनोले भनेका छन्, ‘हामीले २८ जुनमा फ्लपी डिस्कविरुद्धको युद्ध जित्यौँ’।’  तारो कोनो विशेष गरी सरकारी प्रणालीमा फ्याक्स मेसिन र एनालग प्रविधिको प्रयोगको विरुद्धमा आवाज उठाइरहेका छन् ।

जापानमा २०२१ मा कोरोना महामारीको बेला डिजिटल एजेन्सी गठन भएको थियो । देशभर परीक्षण र खोप लगाउन थालेपछि सरकारले पुरानै ढाँचा पछ्याइरहेको र त्यहाँ पुरानै प्रविधिको प्रयोग भइरहेको खुलेको छ ।

कोनोले सरकारी प्रणालीलाई आधुनिकीकरण गर्न माग गर्दै आएका थिए । यसअघि कोनोले रक्षा र परराष्ट्र मन्त्रालयसँगै कोभिड भ्याक्सिन सञ्चालन गर्ने अभियानको पनि नेतृत्व गरिसकेका छन् ।

यद्यपि, जापानको डिजिटलाइजेसन प्रयासले धेरै अवरोधहरू सामना गर्‍यो । एक कन्ट्याक्ट ट्रेसिङ एप महामारीको समयमा असफल भयो र सरकारको माई नम्बर डिजिटल परिचय पत्र पनि बारम्बार डाटा ग्लिचहरूको बीचमा अपेक्षित भन्दा ढिलो भएको थियो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ३ : ४६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर