यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने प्रतिवेदन (पूर्णपाठ) « Khabarhub

यस्तो छ मुकुल ढकाललाई संकटमा पार्ने प्रतिवेदन (पूर्णपाठ)


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार राति मात्रै बहुमतको निर्णयबाट निलम्बनमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले तयार गरेको समीक्षा प्रतिवेदन सार्वजनिक भएको छ ।

स्थापनाको छोटो समयमै संघीय संसद्‍का २१ सिट जित्न सफल रास्वपा संकटतिर धकेलिएको प्रतिवेदन महामन्त्री ढकालले ल्याएपछि अहिले उनलाई त्यसैले संकटमा पारेको छ । उनले ‘समीक्षा यात्रा-फोक्सुन्डो शीर्षकमा तयार पारेको प्रतिवेदन सार्वजनिक भएको हो ।

रास्वपाका संस्थापकमध्ये एक उनले उक्त प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । ढकालले उक्त प्रतिवेदनमा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको रास्वपा र सभापति रवि लामिछानेको लोकप्रियता खस्किँदै गएको उल्लेख गरेका थिए ।

बुधबारको बैठकमा प्रतिवेदन पेश गर्न नदिइएपछि त्यहीकुरा उनले सञ्चारमाध्यममा बताइसकेका छन् । ढकालले सभापति लामिछानेको पनि चर्को आलोचना गर्दै पार्टी सुधारको विकल्प दिँदा आफूमाथि राजनीतिक षड्यन्त्र भएको गुनासो गरेका छन् ।

उनले उक्त प्रतिवेदन गत साता बुधबार पार्टी सभापति लामिछानेलाई बुझाएका थिए । उनले उक्त प्रतिवेदनमा दुई वर्षमै पार्टी तत्कालीन ‘विवेकशील’ कै बिजोग अवस्थामा पुग्न लागेको निष्कर्ष सुनाएका थिए । त्यहीकारण अहिले उनलाई नै आपत् आइलागेको छ ।

उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको बताएका थिए ।

‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ’, उनले भनेका थिए, ‘जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

रास्वपाले पछिल्लो सयम ‘मिसन—०८४’ अभियान चलाइरहेको छ । रास्वपाका केही नेताले पार्टी २०८४ मा पहिलो बन्ने बताइरहेका छन् । तर उता महामन्त्री ढकालले भने सभापति लामिछाने र रास्वपा दुवैको जनमत निरन्तर ओरालो लागेको देखेको प्रतिवेदनमा लेखेका छन् ।

गत वैशाख १० गते इलाम क्षेत्र नम्बर २ मा जमानत जफत हुने गरी रास्वपा हारेको थियो । त्यसपछि रास्वपाले नेताहरूलाई देशब्यापी अभियानमा होमेको थियो । रास्वपाले कार्यकर्ता भेटघाट र समीक्षाका लागि खटाएपछि ढकाल देश यात्रामा होमिएका थिए ।

उनले ‘समीक्षा यात्रा’ टुंग्याएर तयार पारेको‘विश्लेषण प्रतिवेदन’ सभापति लामिछानेलाई बुझाएको प्रतिवेदन बाहिरिएको हो । उनले २०८४ मा पहिलो दल बन्ने नभई रास्वपा विघटनतिर जान सक्ने चेतावनी पनि दिएका थिए ।

महामन्त्री ढकालले देश यात्राका क्रममा २ हजार ५०० सर्वसाधारणसँग कुराकानी गरेको जनाएका थिए । त्यसक्रममा ८० किलोमिटर पैदल यात्रा गरेको उनले बताएका छन् । उनले यो यात्रका क्रममा ४ हजार २१६ किलोमिटर गाडीबाट गुडेको बताएका छन् ।

महामन्त्री ढकाल जेठ ६ गतेदेखि देश यात्रामा निस्किएका थिए । उनले असार ६ गतेसम्म ३९ जिल्लाका नेता-कार्यकर्तासँग संवाद गरेका थिए ।

प्रतिवेदन

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ४ : ४८ बजे

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली