कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा  « Khabarhub

 कटहरिया नगरपालिकाका मेयर-उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– रौतहटको कटहरिया नगरपालिकाका मेयर,उपमेयर सहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरसहित ११ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश र उपप्रमुख रिता देवी, प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसहित थप ८ जनाविरुद्ध  गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा बिहीबार विशेष अदालतमा दायर गरेको हो ।

सोही नगरपालिकाको वडा नम्बर २ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८/०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएकोमा स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने अख्तियारमा परेको उजुरीको आधारमा अनुसन्धान हुँदा अनियमित ढंगले १२ लाख ५२ हजार ९४१ रुपैयाँ ९५ पैसा बढी भुक्तानी लिई/दिई भ्रष्टाचार जन्य कसुर गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

अख्तियारले मेयर अजय प्रकाशलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ग) र (ङ) बमोजिमको कसुरमा बिगो बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पन्चानब्बे पैसा  कायम गरी कैद र बिगो बमोजिम जरिबानाको माग दाबी गरेको छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह र इन्जिनियर राजेश कुमार साहविरुद्ध पनि त्यही नै कैद र बिगो बमोजिमको जरिवाना माग दाबी लिइएको छ ।

यस्तै बौद्धिमाई उपभोक्ता समिति अध्यक्ष सरोज कुमार साह, कोषाध्यक्ष बबिता कुमारी चौधरी र सचिव योगेन्द्र साहविरुद्ध समेत बाह्र लाख बाउन्न हजार नौ सय एकचालीस रुपैयाँ पैसा पन्चानब्बे बिगो माग दाबी गरेर मुद्दा दायर भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

यस्तै उपप्रमुख रिता देवी, योजना शाखा प्रमुख राम नरेश प्रसाद यादव, कार्यपालिका सदस्य समिश विक्रम शाह, कार्यपालिका सदस्य मनोज प्रसाद जैसवाल, इन्जिनियर मो. मकसुद आलमको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना सजाय हुन माग दाबी गरिएको छ । मुद्दा चलेसँगै मेयर र उपमेयर स्वतः निलम्बनमा परेका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ५ : ५९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना