बीआरआई परियोजना अघि बढाउने सरकारको नीति छ : परराष्ट्रमन्त्री श्रेष्ठ « Khabarhub

बीआरआई परियोजना अघि बढाउने सरकारको नीति छ : परराष्ट्रमन्त्री श्रेष्ठ


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बेल्ट एन्ड रोड इनिसिएटीभ (बीआरआई) परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन्  ।

बिहीबार राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकका सन्दर्भमा उठेका प्रश्नको जवाफ दिँदै श्रेष्ठले सरकारले सन् २०१७ मा बीआरआइमा हस्ताक्षर गरेको र त्यसपछि मस्यौदा तयार भएको भन्दै यसलाई अघि बढाउने नीति सरकारको रहेको बताएका हुन् ।

उनले बीआरआई ऋण हो वा अनुदान हो भन्ने प्रश्न उठ्ने गरेको भन्दै बीआरआई इम्पिलिमेन्टेसन प्लान कुनै आयोजना नभई समझदारीको विस्तारित रूप मात्रै भएको जिकिर गरे।

बीआरआइ अन्तर्गतका परियोजना भने दुवै देशले गरेका सहयोगको मापदण्ड र हित अनुसार ऋण वा सहुलियतपूर्ण अनुदान हुनसक्ने उनको भनाइ छ ।

उनले देशको आवश्यकता अनुसार आयोजना छनौट गर्ने र त्यसपछि मात्रै लगानीको बाटोमा छलफल हुने जिकिर गरे । मन्त्री श्रेष्ठले देशको हितमा रहेर नै अन्य देशसँगको परराष्ट्र सम्बन्ध अघि बढाइएको बताए ।

छिमेकीहरूलाई प्राथमिकता दिने मुलुकको परराष्ट्र नीति रहेको भन्दै विश्वमा प्रभावशाली भूमिका खेल्ने मित्र राष्ट्र, श्रम गन्तव्य भएका राष्ट्र लगायतसँग दौत्य सम्बन्ध बढाउन केन्द्रित हुने उनले बताए ।

उनले नेपालको अन्तर्राष्ट्रिय सीमा रक्षाका लागि राष्ट्रिय सहमति कायम भएको भन्दै सीमा समस्या समाधानका लागि छिमेकी मुलुकसँग कूटनीतिक तवरले छलफल गर्ने जिकिर गरे ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ५ : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया