दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन « Khabarhub

दुई महिनामै संकटमा मुख्यमन्त्री सोडारी, एमालेले फिर्ता लियो समर्थन


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको सरकार दुई महिनामै संकटमा परेको छ ।

सोडारी नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमालेले बाहिरिने निर्णय लिएपछि सोडारी संकटमा परेका हुन् ।

एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय बिहीबार गरिसकेको छ ।

समर्थन फिर्ताको निर्णयसँगै अहिले एमालेका मन्त्रीहरू राजीनामा दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढी पुगिसकेका छन् ।

तर मुख्यमन्त्री सोडारी अहिले प्रदेश राजधानी धनगढीमा छैनन् । उनी काठमाडौंमा जारी एकीकृत समाजवादीको महाधिवेशनमा भाग लिइरहेका छन् ।

सोडारी अनुपस्थित भएपछि राजीनामा र समर्थन फिर्ताको पत्र मुख्यमन्त्रीको कार्यालयमा दर्ता गर्न लागिएको एमाले दलका नेता राजेन्द्रसिंह रावलले बताए ।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार दुई महिना नपुग्दै अल्पमतमा परेको छ ।

सोडारी गत वैशाख ६ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  एकीकृत समाजवादी संसदीय दलका नेता उनलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

सोडारीलाई २०८० फागुन २१ गते बनेको सङ्घीय सरकारको समीकरणमा भएका एमालेका १०, नेकपा (माओवादी केन्द्र)का  १०, नेकपा (एकीकृत समाजवादी) चार, नागरिक उन्मुक्तिका सातमध्ये दुई र स्वतन्त्र एकसहित २७ जनाको समर्थन थियो । तर एमालेका १० जना सांसदको समर्थन फिर्ता भएपछि सोडारीको सत्ता ढल्ने निश्चित भएको छ ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ६ : १७ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी