महासचिवमै बसेपछि भुसालले भने : यो पटक सकिएन, अर्को पालि नेतृत्व हस्तान्तरण हुन्छ « Khabarhub

महासचिवमै बसेपछि भुसालले भने : यो पटक सकिएन, अर्को पालि नेतृत्व हस्तान्तरण हुन्छ


२० असार २०८१, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा महासचिवमा सर्वसम्मत निर्वाचित घनश्याम भुसालले यो पटक नेतृत्व हस्तान्तरण हुन नसके पनि पार्टीलाई थप सुदृढ र एकताबद्ध बनाएर अगाडि बढ्ने जिम्मेवारी आएको बताएका छन् ।

महासचिवमा सर्वसम्मत भएपछि खबरहबसँग कुरा गर्दै महासचिव भुसालले यो पटक नेतृत्व हस्तान्तरण नभए पनि अर्को पटक हुने कुरामा कुनै दुईमत नभएको दाबी गरे ।

‘मैले माधवकुमार नेपाल र झलनाथ खनालको विकल्प पार्टीमा छैन भनेर कहीँ भनेको छैन । महाधिवेशन प्रतिनिधिलाई बुझाउन नसकेको रहेछु । नेतृत्वमा मैले दाबेदार गरे पनि सहमति प्रयासमा पार्टीलाई सुदृढ एकताबद्ध अगाडि बढ्न यो निर्णयमा सहमति गर्नु विकल्प थिएन’, उनले भने, ‘अधिकांश महाधिवेशन प्रतिनिधिले पनि विकल्प नचाहेपछि हामी पनि यो निष्कर्षमा पुगेका हौँ। सबै सचिवालयका नेताहरू मिलेर यो निर्णय गरेका हौँ। अब यसैबाट पार्टी थप सशक्त र प्रभावकारी रुपमा अगाडि बढ्छ।’

उनले सहमतिले त आमनेता कार्यकर्तामा पार्टीमा गुट जन्माउँछ भन्ने निराशा छ नि भन्ने प्रश्नमा भने, ‘होइन, यो सहमति अर्को पटक नेतृत्व हस्तान्तरण गर्ने कुराको गम्भीर विषय हो। हाम्रो पार्टीमा कुनै गुटबन्दी छैन। बाहिर हल्ला र चर्चा विभिन्न किसिमका आए । तर हामी समाजवादी कार्यदिशा र नयाँ कार्यक्रमका साथ पार्टीलाई अगाडि बढाएर देशव्यापी अगाडि बढ्नेछौँ ।’

बार्गेनिङका लागि मात्रै यहाँले अध्यक्षको दाबेदार गर्नुभएको भन्ने बाहिर चर्चा छ नि भन्ने प्रश्नमा भने, ‘साथीहरूले विद्रोहको औचित्य पुष्टि गर्न अहिले यहाँ महासचिव नै दोहोरिनुपर्छ भन्ने निर्णय गरेपछि मैले नमान्ने विकल्प थिएन । फेरि दुई नेता झलनाथ खनाल र माधवकुमार नेपालको त्याग तपस्या र लगनशीलताले मलाई अझ निखारेर अगाडि बढाउन प्रेरणा दिने ठानेर यथावत् रहेको हुँ।’

उनले वाम वाम एकता र कम्युनिस्ट आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउन आफ्नो पार्टीले भूमिका खेलेर अगाडि बढ्नेसमेत दाबी गरेका छन्।

पार्टीले सर्वसम्मत रूपमा नयाँ समाजवादी कार्यदिशा अगाडि सारेकाले यसले पार्टीलाई कम्युनिस्ट पार्टीका रुपमा स्थापित गर्दै कार्यकर्तालाई पनि आकर्षण गर्ने दाबी गरे ।

भुसालले अन्य नेतृत्वहरू पनि सर्वसम्मत रूपमा अगाडि बढाएर थप सशक्त र प्रभावकारी रूपमा देशव्यापी पार्टी विस्तार गरेर निराशालाई चिर्दै अगाडि बढ्न ठूलो प्रेरणा दिने दाबी गरे।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार  ७ : ५१ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना