वर्षाले पुष्पलाल लोकमार्गमा क्षति « Khabarhub

वर्षाले पुष्पलाल लोकमार्गमा क्षति


२० असार २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बागलुङ – वर्षाका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पर्ने बागलुङ खण्डको विभिन्न स्थानमा क्षति पुगेको छ । कालोपत्र सम्पन्न भइसकेको गलकोट र बडिगाड खण्डमा पहिरो खसेको छ ।

बागलुङ बजारदेखि पातिहाल्नेसम्मको एक सय ४२ किलोमिटरमध्ये सबैभन्दा बढी क्षति गलकोट खण्डमा पुगेको छ । असार १५ गते परेको पानीले लोकमार्गको १२ ठाउँमा क्षति पुगेको थियो । उक्त स्थानमा निरन्तर पहिरोले क्षति पुर्‍याएको छ ।

उक्त सडक अहिले एकतर्फ खुलाइए पनि यात्रा जोखिमपूर्ण रहेको छ । ठाउँठाउँमा खसेको पहिरोले लोकमार्गको कालोपत्र सडक, ग्याविन, पर्खाल र नालीमा क्षति पुर्‍याएको हो ।

कतिपय स्थानमा सडकको कालोपत्र बगाएको र पहिरोले सडक नै बगाएर क्षति पु¥याएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ ।

आयोजना कार्यालय पर्वतका इञ्जिनियर उज्वल शर्माले गलकोट खण्डमा वर्षाले पहिरो, बाढी र गेग्रान ल्याउँदा ठूलो क्षति भएको जानकारी दिए । उनले क्षतिको विवरण सङ्कलन गर्न प्राविधिकको समूह परिचालन गरिसकेको बताए ।

हटिया बजारदेखि मनेवा पाटासम्मको १५ किमी सडकमा २० वटा साना पहिरो खसेको छ । गलकोट खण्डको गल्याङ, मनेवापाटा, भालुपाइले, बतासे डाँडा र बाँसखोला क्षेत्रमा पनि पहिरो खसेको छ ।

एकतर्फ सडक खुलाइए पनि उक्त सडकको कालोपत्र पहिरोले पुरेको छ । काठेखोला गाउँपालिका–६ इनारपानी, बडिगाड गाउँपालिका–२ हाँडीखोलालगायतका स्थानमा पहिरो खसेर लोकमार्गमा क्षति पु¥याएको छ ।

बर्सात्ले सडक हिलाम्मे हुँदा मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे खण्डमा यात्रु सास्ती खेप्न बाध्य छन् । राष्ट्रिय गौरवको आयोजनामध्येको एक मध्यपहाडी लोकमार्ग आयोजनामा कालोपत्र हुन नसक्दा बर्खायाममा हिलाम्मे र सुक्खा याममा धुलाम्मे भएर हिँड्नुपर्ने बाध्यता भएको हो ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार  ९ : ४६ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा